आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विवादका बिच जनजागरणको ११ औ वार्षिक साधारण सभा सम्पन्न

AuthorAP Khabar२०७६ बैशाख १४, शनिबार (४ साल अघि) ४७६ पाठक संख्या

एपी खबर
जीतपुर, बैशाख १४ :  जनजागरण मध्यवत्र्ती सामुदायिक वन उपभोक्ता समुहको ११ औ वार्षिक साधारण सभा विवादै विादका बिच सम्पन्न भएको छ । मनोमानी ढंगले निर्णय नै नगराईकन आफु अनुकुल रकम खर्च गरेको भन्दै संस्थाका सदस्यहरुले विवाद गरेपनि बलपुर्वक संचालक समितिले संस्थाको ११ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

समुहकमाकेहि समय यता देखिएको विवाद समाधान नै नगरी गरीएको यस साधारण सभामा अध्यक्षको पक्ष र विपक्षमा सदस्यहरु आएपछि केहि समय विवाद भएको थियो । तर कडा सुरक्षा घेरा भित्र संचालक समितिले आफ्नो सभा सम्पन्न गरेका हुन् ।

कार्यक्रममा समुहले वार्षिक साधारण सभाको उपलक्ष्यमा प्रस्तुत गरेको वार्षिक लेखा परीक्षण प्रतिवेदनमा शिषर्कको विवरण नखुलाई मनामोनि ढंगले रकम खर्च गरेको भन्दै सदस्यहरुले विरोध जनाएका थिए ।

यता नेकपाका नेता तथा समुदायमा आधारित चोरी शिकारी नियन्त्रण युवा जागरण उपसमितिका सदस्य रविन्द्र खकुरेलले विविध शिर्षकमा सामान्यता ५ देखि ७ हजार भन्दा माथिको खर्च देखाउन नमिल्ने भएपनि जनजागरणको खर्च शैलि अत्यन्त अपारदर्शी भएको टिप्पणी गर्नुभएको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज, मध्यवत्र्ती क्षेत्र अन्र्तगत जनहित उपभोक्ता समतिका अध्यक्ष अमृतलाल श्रेष्ठले जनजागरण वन समुहले खर्च पारर्दशी नहुदाँ पहिलो पटक संस्था घाटामा गएको बताउनुभएको छ । मध्यवत्ती अन्र्तगतका चारओटा वन समुहहरु मध्ये पहिलो पटक जनजागरण मध्यवत्ती वन सामुदायिक वन समुह मात्रै घाटामा गएको टिप्पणी गर्नुभएको छ ।

संस्थाको वार्षिक लेखापरीक्षण प्रतिवेदनमा ३ लाख ९८ हजार २ सय २१ रुपयाँ घाटा देखिएको छ । तर सो घाटा भएको रकम कहाँवाट कोसँग सापट लिएको हो ? क्रृण ल्याएर चलाईएको हो , होईन भन्ने सम्म नखुलाइएको सदस्य रोशन फुंयालको भनाई छ ।

यता जनजागरण मध्यवत्र्ती सामुदायिक वन समुहका अध्यक्ष तारा कार्कीले भने आफुले संस्थाको अध्यक्षको जिम्मेवारी सम्हालेको ३ महिनामा मात्रै भएको संस्थाको घाटा विवरण निर्वतमान अध्यक्षको पालामा भएको जनाउनुभएको छ ।

समुहका अध्यक्ष कार्कीको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व खेलकुद मन्त्री पुरुर्षोक्तम पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य दिनेश राई, प्रदेश सभा सदस्य सुन्दर विश्वकर्मा, सिता गुरुङ्ग, नेकपा नेता तथा प्रदेश कमिटि सदस्य राजन पौडेल, मध्यवत्र्ती क्षेत्र अन्र्तगत जनहित उपभोक्ता समतिका अध्यक्ष अमृतलाल श्रेष्ठ, नेकपा नेता मनोज पौडेल र भोला अधिकारी लगायतको उपस्थिती रहेको थियो । भने कार्यक्रममा समुहका सचिव विपिन संयाग्बोले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस