आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सार्वजनिक जग्गा अतिक्रमण बढ्यो। सम्बन्धित निकाय मौन ।

AuthorAP Khabar२०७५ मंसिर ६, बिहिबार (५ साल अघि) ८०० पाठक संख्या

AP डेस्क
जीतपुर,मंसिर ६ :नियमनकारी कार्यालयहरु सक्रिय नहुदा बाराको जीतपुसिमरा उपमहानगरपालिका १ पथलैयाका सार्वजनिक जग्गामा अतिक्रमण बढेको छ । त्रीभुवन राजपथ सिमरा पथलैया सडक खण्डको पुर्वतर्फको मुख्य राजमार्गसंग जोडिएको राष्ट्रिय बन र परवानीपुर सिमरा ६६ केभी प्रशारण लाइन मुनीका झण्डै १० बिगाहा भन्दा बढीका जग्गामा नियमनकारी कार्यालयहरु सक्रिय नहुदा अतिक्रमण बढेको हो ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयादेखि दक्षिण र पथलैया विरगंज सडक खण्डको पुर्वमा पर्ने जील्ला बनको जग्गा धमाधम अतिक्रमण भैरहदाँ समेत सम्बन्धित निकाय मौन बसेका छन् । करिब १० बिगहा क्षेत्रफल रहेको बनको जग्गामा त्यस जग्गासंग प्रत्यक्ष सरोकार राख्ने डिभिजन बन कार्यालय बारा, विद्युत प्राधिकरण र स्थानिय निकाय मौन बसेकै कारण सो जग्गा धमाधम अतिक्रमणको चपेटामा पर्दै गएका हुन् ।

हाल यस क्षेत्रमा करिब दूई दर्जन भन्दा बढी घर टहरा निर्माण भईसकेका छन् भने निर्माणकार्य दु्रत गतिमा अघि बढिरहेको छ । कतिपय जग्गाहरु घेराबारा गरी राखिएको छ । पुर्व एवं बर्तमान स्थानीय जनप्रतिनिधिहरुको संलग्नतामा जग्गा अतिक्रमाण भैरहेको र लाखौको मुल्यामा किन बेच हुने गरेको स्थनीयकोे आरोप छ ।

बारामा यस अधि नै पार्टीपौवा, मठ मन्दिर, तपस्या स्थल र सुकुम्बासीका नाममा करीव १२ सय हेक्टर जमिन अतिक्रमण भईसकेको डिभिजन कार्यालय सिमराको तथ्यांकले देखाउछ । केही बर्ष अधि ४७ हजार १ सय ८२ हेक्टर भुभाग जंगल ओगटेको बारामा पर्सा राष्ट्रिय निकुञ्जलार्ई १५ हजार ९सय ९१ हेक्टर र करीव १२ सय हेक्टर अतिक्रमण भएपछि बाराको जंगल क्षेत्र सागुरिदै आएको छ । यता अतिक्रमित जग्गालाई नियन्त्रण गर्न र अतिक्रमण बढ्न नदिन स्थानीय जनप्रतिधि र स्थानीय सरकारसगं समान्वय गरी केहि समय भित्रमै नियन्त्रणका काम सुरु गर्ने डिभिजन बन कार्यालय बाराका प्रमुख ज्ञानेन्द्र मिश्रले बताउनु भएकोछ ।

यता नगर भित्र रहेको सार्वजनिक पर्ति जग्गाको संरक्षण कर्ता जीतपुरसिमरा उपमहानगरपालिकाले विस्तारै सार्ववजनिक जग्गालाई यकिन गर्ने काम शुरु भएको जनाएको छ । क्रमचारीको कमि मुख्य समस्या रहेको बताउदै जीतपुरसिमरा उपमहानगरपालिकका नगर प्रमुख डा. कृष्ण पौडेलले अतिक्रमण भएको स्वीकार्दै आगामाी दिनमा नियन्त्रणका लागि पालिका लागि पर्ने बताउनुभयो ।

यता बिद्युत प्राधिकरण सिमराका सहायक प्रबन्धक ई.रोहिणी पौडेलले ६६ केभी हाईटन्शनको सेन्टरबाट ९÷९ मिटर दाया बाया भवन निर्माण र ठुला प्रजातीका रुख रोप्न नपाईने कानुनी प्रावधान रहेको बताउनुभएको छ । उहाँले हाईटन्शनको सेन्टर भित्र कुनैपनि किसिमका काम गर्न नपाईने भएपनि आफ्नो अधिकार क्षेत्रमा नपर्ने भन्दै यो जिम्मेवारी बिद्युत प्राधिकरण प्रशारण लाईन कार्यालय हेटौंडाको रहेको बताउनु भयो ।

हाल यस जग्गाको भोगा अधिकार डिभिजन बन कार्यालय बारामा रहेता पनि बिद्युत प्राधिकरण प्रशारण लाईन कार्यालय हेटौंडाले यहीँबाट आफ्नो ६६ केभी प्रशारण लाइन लगेको छ । तर यी दुबै निकायलाई आफ्नो जग्गा अतिक्रमण गरेको जानकारी समेत नभएको सम्बन्धित निकायका प्रमुखहरुले बताएका छन् । साथै जग्गा अतिक्रमणलाई रोक्न र सार्वजनिक जग्गाको संरक्षणको जीमेवारी स्थानिय निकायलाई दिएको भन्दै नेपाल विद्युत प्रधिकरण सिमरा, र डिभिजन बन कार्यालय बाराले आफ्नो जिमेवारीलाई स्थानिय निकायको जिम्मा भन्दै पन्छिन खोजेका छन् ।

प्रतिक्रिया दिनुहोस