आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

AuthorAP Khabar२०७६ बैशाख १६, सोमबार (४ साल अघि) ३३२ पाठक संख्या

बैशाख १६ , राजविराज।सप्तरीको खडक नगरपालिका ४ स्थित मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । पूर्व पश्चिम लोकराजमार्ग अन्तर्गत सो खण्डमा मोटरसाइकलले साइकल यात्री स्थानीय ७० वर्षीय विन्देश्वर साहलाई पछाडिबाट ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्व तर्फ जादै गरेको स ५ प ८३६१ नं. मोटरसाइकलले सोही दिशा तर्फ जाँदै गरेको वृद्धलाई ठक्कर दिएका हो । ठक्करबाट घाइते साहलाई उपचारको लागि विराटनगर तर्फ लैजादै गर्दा आइबार साँझ बाटैमा मृत्यु भएको हो । मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस