आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आरसीबीलाई पराजित गर्दै दिल्ली क्यापिटल आईपीएलको शीर्ष स्थानमा

AuthorAP Khabar२०७६ बैशाख १६, सोमबार (५ साल अघि) ११९३ पाठक संख्या

बैशाख १६ काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा दिल्ली क्यापिटल विजयी भएको छ । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)माथि दिल्लीले १६ रनकाे जित निकाल्दै दिल्ली आईपीएलको शीर्ष स्थानमा पुगेको छ ।

दिल्लीको जितका लागि अमित मिश्रा र कासिगो रबड्डाले उत्कृष्ट बलिङ गरे । मिश्रा र रबड्डाले दुईदुई विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीका लागि शिखर धवन र श्रेयश अयरले अर्धशतक बनाए। अयरले ३७ बलमा ५२ रन बनाए भने धवनले समान ३७ बलमै ५० रन बनाए । अन्य ब्याट्सम्यानले मध्यम स्तरको ब्याटिङ गरे। दिल्लीले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १८७ रन बनाएको थियो । दिल्लीले अन्तिम दुई ओभरमा ३६ रन जोडेको थियो ।

१८८ रनको लक्ष्य पछ्याएको आरसीबी पूरै २० ओभर खेल्दा ७ विकेटको क्षतिमा १७१ मा समेटियाे । यो जितसँगै दिल्ली १२ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा पुगेको छ ।

दिल्लीको यो जितले शीर्षस्थानमा रहेको चेन्नई सुपर किङ्स १२ खेलबाट १६ अंकसहित दोस्रो स्थानमा झरेको छ । मुम्बई इन्डियन्स ११ खेलबाट १४ अंकसहित तेस्रो स्थानमा झरेको छ।

अंक तालिकाको चौथो स्थानमा सनराइजर्स हैदरावाद छ। उसले ११ खेलबाट १० अंक बनाएको छ।

प्रतिक्रिया दिनुहोस