आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

४ करोड लागतमा फेवातालको किनारामा माछापुच्छ्रे बिम्ब पार्क

AuthorAP Khabar२०७६ बैशाख १६, सोमबार (४ साल अघि) २६७ पाठक संख्या

बैशाख १६ पोखराको ड्यामसाइडमा नयाँ पर्यटकीय गन्तव्य थपिने भएको छ । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त लगानीमा ८० फिट अग्लो नेपालको राष्ट्रिय झण्डा सहित माछापुच्छ्रे बिम्ब पार्क निर्माण गरिने भएपछी पर्यटनमा नयाँ गन्तव्य थपिने भएको हो ।

४ करोडको लागतमा निर्माण हुन लागेको उक्त पार्क सहितको भौतिक संरचनाको एक समारोहका बिच सोमबार गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले शिलन्यास गरेका हुन् । कार्यक्रममा बोल्दै मुख्य मन्त्री गुरुङले आर्थिक विकास र समृद्धिको लागि प्रारम्भ सानोबाट सुरुवात भएको बताउदै प्रदेशमा पर्यटन प्रवर्धन गर्न पुर्वाधार विकास गर्नुपर्ने जनाए । पार्कमा जाने पुलसहित टिकट काउन्टर, रेष्टुराँ छहरा, फुट ट्रयाक, बाल उद्यान लगायत संरचना बन्ने प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए।

महानगरका मेयर मानबहादुर जिसीले फेवाताल संरक्षणका लागि पनि पार्क निर्माण महत्वपूर्ण हुने बताए। ‘विदेशतिर गयो भने यो ठाउँ पुग्नैपर्ने भनेर लैजान्छन्। हामी पनि पोखरा आएका पर्यटकलाई यो पार्क घुम्नैपर्ने ठाउँ भनेर प्रचार गर्ने हो’, उनले भने, ‘लेकसाईडका कारण छायाँमा परेको ड्यामसाईड अब चम्किनेछ।’

४ करोड लागतमध्ये चालू वर्षमा १ करोड रुपैयाँ विनियोजन भएको छ। पार्कको पहिलो चरणको काम गर्न बिनु कन्स्ट्रक्सनले ७६ लाख रुपैयाँमा जिम्मा लिएको छ। ‘१ करोड ९ लाखको टेन्डर निकालेका हौँ, ७६ लाखमा काम गर्न निर्माण कम्पनी राजी भयो’, महानगरका प्रमुख इञ्जिनियर शोभियत खड्काले भने, ‘१७ रोपनी क्षेत्रफलमा आकर्षक पार्क बन्छ। यो वर्षको काम असार मसान्तभित्रै सक्नुपर्ने छ।’

प्रतिक्रिया दिनुहोस