आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा बैठकमा बालुवाटार जग्गा प्रकरणले पायो प्रवेश

AuthorAP Khabar२०७६ बैशाख १६, सोमबार (४ साल अघि) ४११ पाठक संख्या

१६ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा बालुवाटारको ललिता निवासको जग्गाले प्रवेश पाएको छ ।

सरकारको नीति तथा कार्यक्रमबारे सुझाव दिन बोलाइएको बैठकमा नेताहरुले ललिता निवासको जग्गाबारे विभिन्न कुरा आएको भन्दै के हो भन्ने प्रश्न गरेका थिए । लगतै वरिष्ठ नेता माधवकुमार नेपालले क–कसको पालामा के निर्णय भयो खोज्नुपर्ने बताए ।

हाल प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास रहेको ललिता निवासको जग्गा प्रकरणमा नेपाल नेतृत्वको सरकारले गरेको निर्णयबारे प्रश्न उठेको छ । पूर्वप्रशासक शारदाप्रसाद त्रिताल समितिले नै नेपाल सरकारको निर्णय खारेज गर्न सिफारिस गरेपछि केपी ओली नेतृत्वको सरकारले त्यो निर्णय सच्याउनुपर्ने ठहर गरेको छ ।

प्रतिक्रिया दिनुहोस