आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइने

AuthorAP Khabar२०७६ बैशाख १६, सोमबार (४ साल अघि) ५१३ पाठक संख्या

बैशाख १६  १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । संयुक्त ट्रेड युनियन समन्वयन केन्द्रले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै श्रमिकको हकहितको लागी आवाज उठाउँदै दिवस मनाउने जनाएको हो ।

दिवसको श्रमिक रोजगारदाताहरुलाई आह्वान, सामाजिक सुरक्षामा सूचीकरणको हाम्रो अभियान तय गरिएको केन्द्रले जनाएको छ । नेपाल ट्रेड युनियन महासङ्घ जिफन्ट एवं केन्द्रका अध्यक्ष विनोद श्रेष्ठले मे १ तरिकाका दिन नेपालको श्रम बजारमा भएका समस्या र श्रम बजारले पाएका उपलब्धिको समीक्षा गर्दै दिवस मनाउने जानकारी दिए । श्रमिकले अहिले सम्म भोगेको समस्या समाधानका लागी श्रमिकहरू एकतावद्ध भएर अघि बढ्नुपर्ने जिफन्टको भनाई छ ।

सन् १८ सय ८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरियो । विश्वका मजदुरले यो दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस