आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश न २ को सभाको बैठक सोमवार पनि स्थगित

AuthorAP Khabar२०७६ बैशाख १६, सोमबार (४ साल अघि) ३४३ पाठक संख्या

१६ वैशाख, जनकपुरधाम । सोमबार बस्ने भनिएको प्रदेश सभा २ को बैठक स्थगित गरिएको छ । आगामी बैठक वैशाख २० गते ११ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसअघि वैशाख ११ गते बस्ने भनिएको बैठक १६ गतेका लागि सारिएको थियो । तर सत्तासीन संघीय समाजवादी फोरम नेपालको प्रदेश २ अधिवेशन जारी रहेका कारण यो बैठक पनि स्थगित गरिएको हो ।

प्रदेश २ मा तेस्रो अधिवेशन प्रारम्भ भएको एक महिना बितिसक्दा तीन वटा बैठक मात्र बस्न सकेको छ । प्रदेशसभामा छलफलका लागि ६ वटा विधेयक दर्ता भएको छ ।

आफ्नै प्रमुख जिल्ला अधिकारी राख्ने सम्बन्धमा तयार गरिएको विधेयक पनि छलफलका लागि प्रदेशसभामा दर्ता भइसकेको छ ।

प्रदेश लोकसेवासम्बन्धी, दुग्ध विकास बोर्ड, बालबालिकाको अधिकार, संघ संस्था दर्ता सम्बन्धी र स्वास्थ्य सेवासम्बन्धी विधेयक पनि छलफलका लागि दर्ता गरिएको छ । तर लामो समयदेखि बैठक बस्न नसक्दा यी विधेयकहरु थन्किएको छ ।

प्रतिक्रिया दिनुहोस