आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

महिला विश्वकप क्रिकेटः उपाधि अष्ट्रेलियालाई, इंग्ल्यान्ड ८ विकेटले पराजित

AuthorAP Khabar२०७५ मंसिर ९, आईतबार (५ साल अघि) ४६८ पाठक संख्या

काठमाडौं, मंसिर ९  : आईसीसी टि(ट्वान्टी महिला विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ ।
वेष्ट इन्डिजमा आज विहान भएको फाइनलमा इंग्ल्यान्डलाई आठ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपको उपाधि कब्जा गरेको हो । १०६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले १५.१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा र्गयो ।
अष्ट्रेलियाका लागि अश्लेइघ गार्डनरले अविजित ३३ र कप्तान मेग लनिङले अविजित २८ रन बनाएसँगै अष्ट्रेलियाले उपाधि जितेको हो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धा्रित ओभर सकिन २ बल बाँकी छदा सबै विकेटको क्षतिमा १०५ रन बनाएको थियो । इंग्ल्यान्डका लागि ड्यानिली व्याटले रन बनाएकी थिइन् ।
बलिङतर्फ अष्ट्रेलियाकी अश्लेइघ गार्डनरले ३ विकेट लिएकी थिइन् ।

अनलाईन खबर

प्रतिक्रिया दिनुहोस