आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिमाराका पदाधिकारीहरुले गण्डकी प्रदेशका पर्यटन मन्त्रीलाई बुझायो ज्ञापनपत्र

AuthorAP Khabar२०७६ बैशाख १७, मंगलबार (४ साल अघि) ३४६ पाठक संख्या

बैशाख १७ पोखरा देखि बारा जिल्लाको सिमरामा सिधा हवाई उडान गर्न सिमाराका पदाधिकारीहरुले गण्डकी प्रदेशका पर्यटन मन्त्री बिकास लम्साललाई ज्ञापनपत्र बुझाएका छन् ।

जितपुरसिमरा नगर उद्योग बाणिज्य संघका पदाधिकारीहरुले पोखरा सिमरा सिधा हवाई उडान का लागि गण्डकी प्रदेशका पर्यटन मन्त्रीलाइ ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएका छन् ।

पहिलो चरणमा प्रदेश नम्बर दुई र गण्डकी प्रदेशलाई हवाई मार्ग मार्फत जोडने कुराको शुरुवात भएको र पछि जनकपुर पोखरा को उडान हुने उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष समेत रहेका होटल तथा पर्यटन ब्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछनेले बताउनुभयो ।

लामिछानेले दुई नम्बर प्रदेशमा संभावना भएको पर्या पर्यटन, धार्मिक पर्यटन र औद्योगिक एवम कृर्षि पर्यटन लाई पोखरा सङ्ग कनेक्टिभिटी गर्ने गरि बैशाख को अन्तिम सम्म सिमरा पोखरा उडान हुने गण्डकी प्रदेशका पर्यटन मन्त्री बिकास लम्सालले बचन दिनुभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस