आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लागु औषध सहित यादव र महतो पक्राउ

AuthorAP Khabar२०७६ बैशाख १७, मंगलबार (४ साल अघि) २७९ पाठक संख्या

बैशाख १७ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ १९ बाट प्रतिबन्धित लागु औषध सहित दुई युवक पक्राउ परेका छन । उनिहरुलाई सशस्त्र प्रहरी बल लहानका प्रहरी नायव उपरीक्षक प्रेम बहादुर रावल नेतृत्वको गस्ती टोलीले पक्राउ गरेको हो ।

डिएसपिको कमान्डमा खटिएको गस्तीटोलीले गाढामा चेकजाँच गर्ने क्रममा उनिहरुलाई लागुऔसध सहित फेला पारेको थियो । पक्राउ पर्नेमा भारतको लोकहा ठाडीबाट लहानतर्फ आउँदै गरेको स७प ९३९१ नम्बरको मोटरसाइकलमा सवार २६ वर्षका प्रविन कुमार यादव र अर्जुन कुमार महतो छन् ।

पक्राउ परेका यादव र महतोको साथबाट नोफिन २२२ बोतल, डाइजेल्याब २०२ बोतल तथा फेनारगनः २३८ बोतल बरामद भएको छ । उनीहरुलाई थप अनुसन्धानका लागी ईलाका प्रहरी कार्यालय लहान पठाइएको डिएसपी रावलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस