आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

परिक्षाको क्रममा दुर्व्यवहार गरेको भन्दै राजविराजमा विद्यार्थीको प्रदर्शन

AuthorAP Khabar२०७६ बैशाख १७, मंगलबार (५ साल अघि) ३३३ पाठक संख्या

बैशाख १७ , राजविराज ।परीक्षा अनुगमन टोलीले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले आज राजविराजमा प्रदर्शन गरेका छन् ।

कक्षा १२ का विद्यार्थीहरुले स्थानीय पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा प्रमुख जिल्ला अधिकारी विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले प्रमुख जिल्ला अधिकारीसहितको टोलीले परीक्षा दिइरहेका छात्र–छात्रालाई दुर्व्यवहार गरेको आरोप छ ।

परीक्षा अगावै चेकजाँच गर्नुपर्नेमा परीक्षा सञ्चालन भएपछि हलमा डेढ घण्टासम्म बसेर अपशब्द प्रयोग गर्दै चेकजाँच गर्ने गरेकोले मानसिक तनाव हुने गरेको विद्यार्थीहरुको भनाई छ । अपशब्द प्रयोग गरेर चेकजाँच गर्ने शैली अन्त्य हुनुपर्ने विद्यार्थीले माग गरेका छन् ।

विद्यार्थीहरुको प्रदर्शनले केही बेर सवारी साधन अवरुद्ध भएको थियो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले परीक्षा हलमा भइरहेको अनियमितता नियन्त्रण गर्न खोज्दा विद्यार्थीहरुले दुर्व्यवहारको आरोप लगाएको प्रतिक्रिया दिएका छन् । गत आइतबारदेखि शुरु भएको परीक्षा अन्तर्गत आज विभिन्न शंकायको ९ वटा विषयको परीक्षा भएको छ ।

प्रतिक्रिया दिनुहोस