आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

श्रीमती हत्याकाे आराेपमा जेल परेका श्रीमानद्वारा आत्महत्या

AuthorAP Khabar२०७६ बैशाख १७, मंगलबार (४ साल अघि) ४६६ पाठक संख्या

बैशाख १७ दोलखा कारागारमा एक कैदी झुन्डिएको अवस्थामा मृत भेटीएका छन् । श्रीमतीको हत्या गरेको अभियोगमा मंसिर देखि पुर्पक्षका लागि थुनामा रहेका जिरी नगरपालिका ९ का ३८ बर्षीय तस्बिर तामाङ मृत भेटीएका हुन् । उनी चरिकोट स्थित जिल्ला कारागारको शौचालयको झ्यालको ग्रिलमा झुन्डिएको अवस्थामा मंगलबार दिउँसो फेला परेका हुन् ।

उनले घाँटीमा ट्राउजरको ईजारको पासो लगाएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । उनले कार्तिकमा आफ्नै श्रीमतीको हत्या गरेका जेल सजाय भोग्दै आएका थिए । सोमबार मात्र उनलाई जिल्ला अदालतले २५ वर्ष सजायको फैसला सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस