आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

स्थानीय तहमा रिक्त पदपूर्तिका लागि विवरण पठाउन निर्देशन

AuthorAP Khabar२०७६ बैशाख १७, मंगलबार (४ साल अघि) ९४० पाठक संख्या

बैशाख १७ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहलाई रिक्त पदपूर्तिका लागि मागबमोजिम विवरण पठाउन निर्देशन दिएको छ । रिक्त पदपूर्तिका लागि सबै स्थानीय तहलाई अपुग कर्मचारीको विवरण पठाउन निर्देशन दिइएको मन्त्रालयका शाखा अधिकृत किरण थापाले जानकारी दिनुभयो ।

उहाँले सबै स्थानीय तहलाई यही वैशाख २० गतेभित्र रिक्त पदपूर्तिका लागि माग आकृति फाराम भरी पठाउन निर्देशन दिइएको बताउनुभयो । मन्त्रालयले गत चैत १४ गते सङ्घ, प्रदेश र स्थानीय तहमा एक लाख ३१ कर्मचारी समायोजन गरेको थियो । स्थानीय तहमा ६६ हजार ९०८ दरबन्दीमध्ये ५० हजार ७९० कर्मचारी समायोजन गरेको थियो । स्थानीय तहमा निजामतीबाट ३१ हजार ४३, साविक स्थानीय निकायका १० हजार ५४०, साविक जिल्ला विकास समितिबाट एक हजार २४१ र अन्य सेवाबाट ३१६ तथा स्थानीय सरकार सञ्चालन ऐनअनुसार सात हजार ६५० कर्मचारी समायोजन गरिएको थियो । स्थानीय तहमा ५० हजार ७९० कर्मचारी समायोजन गरिए पनि १६ हजार ११८ कर्मचारी अपुग छ ।

मन्त्रालयले सङ्घमा ४८ हजार ४०९ को दरबन्दीमा ४० हजार ७६९ र प्रदेशमा २२ हजार २९७ मध्ये १४ हजार ६५९ समायोजन गरेको थियो । सङ्घमा सात हजार ६४० र प्रदेशमा सात हजार ६३८ कर्मचारी अझै अपुग छ ।

प्रतिक्रिया दिनुहोस