विद्यार्थीको मृत्युपछि लम्की तनावग्रस्त, प्रहरी र प्रदर्शनकारी घाइते

घटना क्रम देश समाचार

बैशाख १७ कैलालीमा मंगलबार बिहान ट्रकले ठक्कर दिँदा एकजना छात्राको मृत्यु भएपछि सुरु भएको प्रदर्शनले उग्र रुप लिएको छ । लम्कीमा ट्रकको ठक्करबाट लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत १९ वर्षीया सुनिता रावलको मृत्यु भएको छ ।

क्याम्पसबाट साइकलमा घर फर्केने क्रममा पछाडिबाट आइरहेको ना७ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको थियो । रावलको मृत्यु पश्चात विद्यार्थी र स्थानीयले यतायतात तथा बजार बन्द गरेका छन्। आक्रोशित विद्यार्थी र स्थानीयले ठक्कर दिने ट्रकलाई जलाउने प्रयास गरेका थिए। आक्रोशितहरु सडकमा टायर बालेर प्रर्दशनमा उत्रिएपछि प्रहरीले अश्रुग्यास हवाइफायरसमेत गरेको छ।

सोहि क्रममा रवरको गोली लाग्दा लम्की बहुमुखी क्याम्पसका प्राध्यापक प्रेम मुडभरीको टाउकोमा चोट लागेको छ। स्थानीयको ढुङ्गा प्रहारबाट ७ जना प्रहरी घाइते भएका छन्। घाइतेको लम्कीमा रहेको लालरत्न अस्पतालमा उपचार भैरहेको छ। स्थिति नियन्त्रण बाहिर जान नदिन व्यापक मात्रामा प्रहरी परिचालन गरिएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले बताए ।

मृतकका आफन्त र लम्कीबहुमुखी क्याम्सका विद्यार्थीले सडकमा टाएर जलायर पूर्वपश्चिम राजमार्ग अबरुद्ध पारेका छन्। चालक भने फरार छन्। सडक सूचारुका लागि सर्बदलीय बैठक बसिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *