आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारतीय गायक कुमार सानुको स्वरमा नेपाली गीत 

AuthorAP Khabar२०७६ बैशाख १७, मंगलबार (४ साल अघि) ४३५ पाठक संख्या

बैशाख १७ काठमाडौं : चर्चित भारतीय गायक कुमार सानुको स्वरमा सजिएको नेपाली गीत ‘सयौं जुनीसँगै जिउन’को भिडियो सार्वजनिक भएको छ।

दर्जनबढी नेपाली गीतमा स्वर दिएका कुमार सानुले लामो समयपछि नेपाली गीतमा स्वर दिएका हुन्। उनले यसअघि ‘फूल भए जिन्दगी’, ‘यो दुई थोपा आँसु’, ‘म त अब रिसाउँछु’लगायत चर्चित गीतमा स्वर दिएका छन्।

अमेरिकाको न्यूयोर्कका लागि नेपाली महावाणिज्य दूतसमेत रहेका साहित्यकार कृसु क्षेत्रीको शब्द रचना रहेको गीतमा युग भुषालको संगीत रहेको छ ।गौरव मल्लिकले संगीत संयोजन गरेको गीतमा आदित्य शंकरले गितार बजाएका छन् ।

दिलिप समनले निर्देशन गरेको भिडियोमा निराजन प्रधान र अस्मिता लामिछानेको अभिनय छ।

जी एस क्रियसनले बजारमा ल्याएको भिडियोको छायांकन र सम्पादनमा फराज अर्पण मिहिनत गरेका छन्। भिडियो रोशन पराजुलीले निर्माण गरेका हुन्। इण्डो ग्लोबल फाउण्डेसन र रोयल रिलको सपोर्टले भिडियो निर्माण गरेको हो।

प्रतिक्रिया दिनुहोस