आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पाईपलाई बिछ्याउने काम ५ किलोमिटर मात्र बाँकी, पाईपलाईनबाट असारमा तेल आयात हुने

AuthorAP Khabar२०७६ बैशाख १८, बुधबार (४ साल अघि) ४५७ पाठक संख्या

बैशाख १८ राष्ट्रिय गौरवका आयोजना मध्येको मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाईप लाईन अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने पाँच किलोमिटर क्षेत्रमा मात्र जमीनमुनि पाइप बिछ्याउने काम बाँकी रहेको छ । रोलहरु………
नेपालमा पेट्रोलियम पदार्थ आयात गरिने प्रमुख नाकाको रुपमा रहेको भारतको मोतिहारी–अमलेखगंज पेट्रोलियम पाईप लाईन निर्माण आयोजनामा भारत तर्फको ३३.७ किलो मिटरको सबै काम सम्पन्न भैसकेको र नेपाल तर्फको ३६.२ किलोमिटर भाग मध्ये हाल सम्म ५ किलोमिटर जमीनमुनि पाइपलाईन बिछ्याउने काम बाँकी रहेको नेपाल आयल निगम अम्लेखगंज डिपो कार्यालय अम्लेखगंजले जनाएको छ ।
बाराको पथलैया देखि अम्लेखगंजसम्म पर्ने पर्सा राष्ट्रिय निकुञ्ज अन्तरगतको करिब ८ किलोमिटर मध्ये ३ किलोमिटरमा काम सम्पन्न भैसकको र बाँकी ५ किलोमिटरमा बैशाख महिनाभित्र जमीनमुनि पाइपलाईन बिछ्याउने काम सम्पन्न हुने नेपाल आयल निगम अम्लेखगंज डिपो कार्यालयका प्रमुख प्रदिप यादबले जानकारी दिनुभयो ।
उहाँले पाईपलाईनको काम सम्पन्न भएसंगै आवश्यक पर्ने भण्डारन डिपो स्टेसनको काम ९० प्रतिशत सम्पन्न भएको जानकारी दिदै असार भित्र तेल आयात हुने काम शुरु हुने बताउनुभयो ।
वाईट ः प्रदिप यादब, कार्यालय प्रमुख नेपाल आयल निगम अम्लेखगंज
भारतिय कम्पनी निखिथा इन्फ्रास्टक्चरले १५ महिना भित्र काम सक्ने गरि निर्माणको जिम्मा पाएको यस आयोजनामा रुख कटान नहुदाँ निर्माणमा समस्या भएको थियो । तर रुख कटानको काम अगाडी बढेसंगै यस पाईपलाईन जडान कार्यले गति लिएको हो ।
हाल निुकञ्ज अन्तरगत रहेको दुई भिमेश्वर, राधा कृष्ण मध्यवर्ती सामुदायीक बन र निुकञ्जमा पर्ने ८ किलोमिटरका रुखहरु मध्ये ५ सय २ ओटा रुख कटान गर्न मात्र बाँकी रहेको द टिम्बर कर्पाेरेशन अफ नेपाल पथलैयाका प्रमखु सुमन सिहँले जानकारी दिनुभएको छ । उहाँले बाँकी रहेको रुखपनि एक हप्तामा काटान हुने बताउनुभयो ।
वाईट ः सुमन सिंह, कार्यालय प्रमुख द टिम्बर कर्पाेरेशन अफ नेपाल पथलैया
नेपालमा हाल डिजेलको खपत बढि हुने गरेकोले तत्काल डिजेल मात्र ल्याईने र विस्तारै मटितेल र पेट्रोलको भण्डारण ट्याङ्क निर्माण भए पश्चात मटितेल र पेट्रोलपनि सोहि पाईपलाईन मार्फत आयात हुने योजना कार्यलय सिमराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस