आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

माइक्रोमा ठोक्किएर पल्टिएको मोटरसाइकललाई ट्रकले किच्दा २ जनाको मृत्यु

AuthorAP Khabar२०७६ बैशाख १८, बुधबार (४ साल अघि) ४०५ पाठक संख्या

बैशाख १८ धादिङ, पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी-६, बेल्खुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा काठमाडौं चन्द्रागिरि नगरपालिका-५ गुर्जुधारा बस्ने २९ वर्षीय राज महर्जन र वडा नं १२ का ३१ वर्षीय कविकुमार महर्जनको मृत्यु भएको गजुरीस्थित ट्राफिक प्रहरी निरीक्षक हेमराज घिमिरेले बताए । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको बा९७प २५३८ नम्बरको मोटरसाइकल काठमाडौंबाट नवलपरासी जाँदै गरेको बा४ख ५१०३ को माइक्रो बसमा ठोक्किएर पल्टिएको थियो । उक्त मोटरसाइकलमा सवारलाई ना६ख ५६१४ नम्बरको लुम्बिनी ट्रक यातायातले किचेको प्रहरीले जनाएको छ ।

ट्रक चालक धादिङ थाक्रे ४ का ३५ वर्षीय राजु अर्याल र माइक्रो बस चालक नवलपरासी अरुणखोला नगरपालिका-१ बस्ने ३७ वर्षीय धनबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस