आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दुनिया परिवर्तन गर्ने बल मजदुरमा मात्र रहेको मन्त्रि यादबको भनाई

AuthorAP Khabar२०७६ बैशाख १८, बुधबार (४ साल अघि) ३६४ पाठक संख्या

एपी खबर
जीतपुर, बैशाख १८ : उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मात्रिका यादबले दुनिया निर्माण गर्ने बल मजदुरमा मात्र हुने बताउनुभएको छ । १३० औँ अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा बाराको सिमरामा आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दुनिया निर्माण गर्न तागम मालिकमा नभै मजदुरमा भएकोले दुबैलाई मिलेर जानुपर्ने बताउनुभएको हो ।

उहाँले मजदुरहरुको हकमा सरकारले गरेको निर्णय पालना नगर्ने जुन सुकै उद्योगका मालिकलाई कारवाहि गर्न सरकार तैयार रहेको बताउदै अब समयसंगै सबैलाई रुपमान्तरण हुन आग्रह गर्नुभयो । नेता मजदुरको तर कुरा उद्योगपतिको गर्ने मजदुरका नेतालाई सबैभन्दा पहिले रुपान्तर हुन्े कुरामा उहाँले जोडदिनुभयो ।

अखिल नेपाल ट्रेड युनियन प्रदेश नम्बर २ को आयोजनामा आयोजीत कार्यक्रममा मन्त्रि यादबले देशले मजदुरको हित बिना देशको विकास गर्न नसक्ने कुरामा जोड दिनुभयो । अबको अन्दोलन आर्थिक सम्बृद्धिको आन्दोलन भएको बताउदै उहाँले उद्योगधन्दाको विकाससंगै उत्पादनमा बृद्धि गर्ने र श्रमको ग्यारेन्टि गर्न सके मात्र देशको विकास सम्भव रहेको बताउनुभयो ।

कमलेश झाको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका गोपाल ठाकुर, ज्वाला साह, बलबरि चौधरी, अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यष सोनालाल साह, जिफन्टका उपाध्यष मञ्जु थापामगर, नेकपाका बारा जील्ला कमिटि अध्यक्ष अनिल श्रेष्ठ, पर्सा जील्ला कमिटि अध्यक्ष प्रभु हजरा, जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख डा. कृष्ण पौडेल, जीफनटका आनन्द थामी, अन्टुफका अक्षयकुमार ओझा लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस