आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जन्ती र बेहुली पक्षबीच कुटाकुट हुँदा एकको मृत्यु

AuthorAP Khabar२०७६ बैशाख १९, बिहिबार (४ साल अघि) ५६४ पाठक संख्या

बैशाख १९ गोरखामा केटी जिस्काएको निहुँमा जन्ती र बेहुली पक्षबीच कुटाकुट हुदाँ एकजनाको मृत्यु भएको छ । बुधबार गोरखा पालुङटार नगरपालिका ४ मा लमजुङको राइनस नगरपालिका ४ अल्कटारबाट आएका जन्ती र कुमाल गाउँका माइती पक्षबीच कुटाकुट भएको हो ।

कुटपिटबाट घाइते जन्ती अल्कटारका ३४ वर्षीय विष्णुबहादुर कुमालको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुबीच पहिले केटी जिस्काएको विषयमा विवाद भएको र बेहुली लिएर र्फर्कने क्रममा १७ १८ जना युवाहरुले गाडी रोकेर जन्तीपक्षलाई कुटपिट गरेको प्रहरीले जनाएको छ।

घटनामा संलग्नहरुको खोजी भइरहेको र शंका लागेका केहीलाई पक्राउ गरेको एसपी भोला रावलले बताए। घटनाको विस्तृत विवरण आउन अझै बाँकी रहेको पनि प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस