आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

के राजपा ‘फुट’को संघारमा हो ?

AuthorAP Khabar२०७५ मंसिर १०, सोमबार (५ साल अघि) १४६९ पाठक संख्या

काठमाडौं, मंसिर १०: राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा बढ्दै गएको विवादकाबीच आज अध्यक्ष मण्डलको बैैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्ने बैठकमा सरकारलाई दिएको समर्थन, संविधान संंशोधन, सरकारसँगको वार्ताका साथै आगामी महाधिवेशनका बिषयमा छलफल हुँदैछ ।

राजपा महासचिव केशव झाले दिएको जानकारी अनुसार पार्टीको महाधिवेशनलाई व्यवस्थित बनाउने तर्फ आजकोे बैठक केन्द्रीत हुनेछ । सरकारलाई दिएको समर्थन र संविधान संशोधनका बिषयमा तल्लो तहका नेताको दबाब बढ्दै गएपछि राजपा अध्यक्षमण्डलको बैठकले छलफलको मुख्य एजेन्डा बनाएको उहाँले जानकारी दिनुभयो । अध्यक्षमण्डलका नवनियुक्त संयोजक राजेन्द्र महतोले यसअघि आफूहरुले उठाउँदै आएको माग सम्बोधन नभए सरकारलार्ई दिएको समर्थन जतिबेलापनि फिर्ता हुने बताउँदै आउनु भएको थियो ।

यसैबीच, अध्यक्षमण्डलको संंयोजक फेरिएसँगै राजपा नेपालमा तीव्र असन्तुष्टि बढ्दै गएको छ । असन्तुष्ट पक्षले आजै छुट्टै भेला बोलाएको छ । तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टी(तमलोपा) र नेपाल सद्भावना पार्टी (नेसपा)का नेताहरुले छुट्टै भेला गर्दै संयोजक महतोविरुद्ध मोर्चाबन्दीमा जुटेका छन् ।

तत्कालिन तमलोपाकोे बिजुली बजारस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा दुवै पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरु भेला हुने भएका छन् । तर, बिजुलीबजारमा बस्ने बैठक मोर्चाबन्दी नभई जिल्लाबाट आएका नेताहरुसँगको भेटघाट भएको राजपा नेपालका उपाध्यक्ष बृशेषचन्द्र लालले बताउनुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस