आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कटुवा पेस्तोल सहित एक भारतीय पक्राउ

AuthorAP Khabar२०७६ बैशाख २०, शुक्रबार (४ साल अघि) २९६ पाठक संख्या

सिरहा, वैशाख २० गते ।

सिरहामा कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । सिरहाको भगवानपुर गाउँपालिका ४ स्थित दशगजा मिनी बजार नजिकबाट कटुवा पेस्तोल १ थान र पेस्तोलको खाली खोका १ राउण्ड सहित भारतको मधुबन्नी जिल्ला ग्रामपञ्चायत बगहा १ का २८ बर्षीय राजेश कुमार यादवलाई बिहिबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सुचनाको आधारमा प्रहरी चौकी ठाडी र सशस्त्र प्रहरी वल, सिरहाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले यादवको साथवाट उक्त पेस्तोल र पेस्तोलको खाली खोका सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस