आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुपर ओभरमा हैदरावादलाई हराउँदै मुम्बई प्ले अफमा, हैदरावादकाे के हाेला ?

AuthorAP Khabar२०७६ बैशाख २०, शुक्रबार (४ साल अघि) ९९९ पाठक संख्या

बैशाख २० एजेन्सी । इन्डियज प्रिमियर लिग अन्तर्गत हिजो राति भएको खेलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गरेको छ । मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको हैदरावादले बराबर रन बनाएपछि मुम्बईले सुपर ओभरमा जित हात पारेको हो । योसँगै मुम्बई इण्डियन्स आइपीएल क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ।

घरेलु मैदानमा टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो। मुम्बईका क्विन्टन डि ककले अविजित ६९ रनको बनाए। कप्तान रोहित शर्माले २४ र सूर्यकुमार यादवले २३ रन बनाए। हैदरावादका लागि खलिल अहमदले ३ विकेट लिए । भुवनेश्वर कुमार र मोहम्मद नाबीको नाममा समान १ विकेट रह्यो ।त्यसपछि ब्याटिङमा उत्रेको हैदरावादका लागि मनिष पाण्डेले अविजित ७१ रन बनाए । १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो । हैदरावादलाई जितको लागि अन्तिम ओभरमा १७ रन चाहिएको थियो ।

पहिलो र दोस्रो बलमा हार्दिक पान्ड्याले एक – एक रन दिए पनि तेस्रो बलमा मोहम्मद नाबीले छक्का प्रहार गरेपछि खेल थप रोचक अवस्थामा पुगेकाे थियाे ।मुम्बईका लागि जसप्रित बुमराह,कुनाल पान्ड्या र हार्दिक पान्ड्याले समान २ विकेट लिए ।

चेन्नई सुपर किंग्स १३ खेलमा ९ जितका साथ १८ अंक जोड्दै शीर्ष स्थानमा छ । मुम्बई १३ खेलमा ८ जितका साथ १६ अंक जोड्दै दोस्रो स्थानमा उक्लिदै प्ले अफमा पुगेको छ । दिल्ली १३ खेलमा ८ जितका साथ तेस्रो स्थानमा पुगेको छ । हैदरावाद १३ खेलमा ७ मा हार र ६ मा जितका साथ चौथो स्थानमा स्थानमा यथावत छ । अब प्लेअफको बाँकी एक मात्र स्थानका लागि हैदरावादसहित चार टिमबीच प्रतिष्पर्धा हुने छ।

प्रतिक्रिया दिनुहोस