आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘पापी हो, तिमीहरुलाई भगवानले पागल बनाउनेछन्’

AuthorAP Khabar२०७५ मंसिर १०, सोमबार (५ साल अघि) ६१८ पाठक संख्या

काठमाडौं, मंसिर १०: कञ्चनपरको भिमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ४ महिना पुग्न लागिसकेको छ । तर सरकार र प्रहरी प्रसासनले अझै घटनाको दोषी सार्वजनिक गर्न सकेको छैन ।

घटनाको यति लामो समय भइसक्दा पनि अपराधी पत्ता लगाउन नसक्दा सरकारको कडा आलोचना भइरहेको छ । यसैबिच निर्मला पन्तका बुवा र आमा अहिले जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना बसिरहेका छन् । २ साता अघि धर्नामा बसेका उनीहरुमध्ये निर्मलाको बुवाको मानसिक अवस्था अहिले एकदमै खराब भएको छ ।

निर्मलाको बुवाको मानसिक अवस्था असामान्य देखिएपछि अहिले उनको एक भिडियो सार्वजनिक भएको छ । भिडियोमा उनले गरेका असामान्य व्यवहारहरु देख्न सकिन्छ । यस्तो भिडियो सार्वजनिक भईसकेपछि फेरी पनि निर्मला हत्याकाण्डको चर्चा फेरी बढ्न थालेको छ ।

भिडियो सार्वजनिक भइसकेपछि निर्मलाको बुवाको बिषयमा कलाकारहरुले पनि चासो दिएका छन् । हाँस्यकलाकारद्धय जितु नेपाल र दीपकराज गिरीले निर्मलाका बुवाको पक्षमा फेसबुकमा आङ नै सिरिङ्ग पार्ने स्टाटस लेखेका छन् ।

दीपकराज गिरीको स्टाटसः ‘खुशीले पागल हुनेहरू कहि कहि मात्रै देखिन्छन्, दुखले पागल हुनेहरू विश्वभर पाइन्छन्, न्याय नपाएर पागल हुनेहरू चाहि नेपालमा मात्रै भेटिन्छन् ।।।’

जितु नेपालको स्टाटसः ‘निर्मलाका बा त तनाब, टेन्सन, पिर सुर्ता छोरीको मायाले र न्याय नपायर पागल भए, याद गर पापीहो तिमिहरुलाई पागल भगवानले बनाउनेछन् ।’

जनता समाचार

प्रतिक्रिया दिनुहोस