आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश २ को संसद बैठक अनिश्चित

AuthorAP Khabar२०७६ बैशाख २१, शनिबार (५ साल अघि) १६९९ पाठक संख्या

जनकपुरधाम,बैशाख २१ गते। प्रदेशसभा २ को बैठक प्रतिपक्षी दलका सदस्यहरुले गरेको अवरोधका कारण अनिश्चितकालका लागि स्थगित भएको छ ।

जनकपुरमा बैठक शुरु हुने बितिकै नेकपा र नेपाली काँग्रेसका सदस्यहरुले संयुक्त रुपमै विरोध गरेपछि वैठक स्थगित गरिएको हो ।

उनीहरुले प्रदेश सरकारले मनोमानी रुपमा जनता आवास कार्यक्रम संचालन र बजेट विनियोजन तथा रकमान्तर गरेको आरोप लगाउंदै सरकारले पारदर्शी नबनाएसम्म बैठक संचालन हुन नदिने अडान लिएपछि बैठक स्थगित गरिएको हो ।

प्रदेश सरकारले विगतमा गरेका सहमति कार्यान्वयन, अव्यवस्थित रुपमा गरिएको बजेट विनियोजन तथा रकमान्तर, विभिन्न योजना गरिएको अनियमितता, वीपी उद्यानबारे स्पष्टीकरण र जनता आवास कार्यक्रम संघीय सरकारको मापदण्ड अनुसार संचालन गर्न कांग्रेस सांसद उपेन्द्र कुशवाहाले माग गरे ।

बैठकको अध्यक्षता गरेकी उपसभामुख उपमा देवले प्रतिपक्षी दलका सदस्यहरुलाई पटक पटक बस्न आग्रह गरेपनि बैठक चल्न नदिने भन्दै अवरोध गरेपछि अर्को सूचना प्रकाशन नहुञ्जेलसम्म अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस