आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

किशोरी सशत्तिकरणका लागि संवाद

AuthorAP Khabar२०७५ मंसिर ११, मंगलबार (५ साल अघि) ५४१ पाठक संख्या

जीतपुर, मंसिर ११: बाराको जितपुर सिमरा उपमहानगरपालिकाको दुईवटा विधालयमा किशोरी संवाद कार्यक्रम सम्पन्न भएको छ ।साना भौतिक पूर्वाधार निर्माण आयोजना सम्बन्धि विधालयसँग छलफल कार्यक्रम गरेको हो । किशोरी सशत्तिकरणका लागि संवाद भने कार्यक्रमका मार्फत किशोरीहरुलाई सचेत एवम् जागरुक बनाउन खोजिएको हो ।नेपाल ग्रामिण पुननिर्माण संस्था ९च्च्ल्०को आयोजनामा दुईवटा बिधालयमा कार्यक्रम सम्पन्न भएको हो ।

यूरोपियन यूनियनको आर्थिक सहयोग ,चाईल्ड नेपाल र संरक्षण नेपालको सहकार्यमा यो किशोरी संवाद कार्यक्रम गरिएको हो ।जितपुर सिमरा उपमहानगरपालिका वार्ड नम्बर (१९ मा पर्ने श्री सरस्वती माध्यमिक बिधालय ईनर्वा सिरहाका प्रधानाध्यापक भोला प्रसाद कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष सुधन दास रहनु भएको थियो ।

किशोरीहरुलाई शौचालयबाट परेको समस्याबाट छुटकारा दिनको किशोरी मैत्री शौचालय बनाउनको लागि संवाद कार्यक्रम गरिएको हो । प्रमुख अतिथि सुधन दासले आफूले सक्दो गर्ने प्रतिबद्धता गरेका थिए । कार्यक्रममा नजरुल अंसारी ,रामअयोध्या प्रसाद साह ,रमिता चौधरी ,निलु चौधरी ,कमल चौधरी लगायत २५ जनाको सहभागिता रहेको थियो । आर।आर।एन।का संवाद उत्प्रेरक पूजा वर्माले कार्यक्रम संचालन गरेकि थिईन ।

त्यस्तै जितपुर सिमरा उपमहानगरपालिकाकै वार्ड नम्बर २४ मा पर्ने श्री नेपाल राष्ट्रिय आधारभूत बिधालय हरपुरमा पनि किशोरी संवाद कार्यक्रम सम्पन्न भएको छ ।प्रधानाध्यापक विजयकिशोर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वार्ड नम्बर (२४ का वडाध्यक्ष ईलिहास देवान रहनु भएको थियो ।कार्यक्रममा कसिरण खातुन ,विश्वनाथ ठाकुर ,विकास यादव ,पिंकी यादव लगायत २५ जनाको सहभागिता रहेको थियो ।कार्यक्रमको सञ्चालन आर.आर.एनकि संवाद उत्प्रेरक पूजा वर्माले गरेकि थिईन ।

प्रतिक्रिया दिनुहोस