आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

६ करोड रुपैयाँ लागतमा अत्याधुनिक विद्यालय भवन निर्माण

AuthorAP Khabar२०७६ बैशाख २१, शनिबार (४ साल अघि) ३०९ पाठक संख्या

बैशाख २१
काठमाडौं–आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङमा करीब ६ करोडको लागतमा विद्यालय भवन निर्माण गरेका छन् ।

आफ्ना बुबा स्वर्गीय समाजसेवी हिरण्यप्रसाद ढकालको स्मृतिमा चन्द्र ढकाल र हेमराज ढकालले बाग्लुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरमा रहेको पृथ्वी हिरण्य माध्यमिक विद्यालयको अत्याधुनिक भवन निर्माण गरेका हुन् ।

विद्यालय भवनको हस्तान्तरण सोमबार एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तय भएको छ ।

सोही विद्यालयका पूर्वविद्यार्थीहरुको सकृयतामा स्थापना गरिएको मल्टिमिडिया सेन्टरको उद्धघाटन गर्ने कार्यक्रम पनि तय भएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय सभामा सत्तारुढ दलका नेता दिनानाथ शर्मा, सांसदद्धय डा सूर्य पाठक र देवेन्द्र पौडेल लगायत पनि सहभागि हुने बताइएको छ ।
सांसद डा पाठकका अनुसार राष्ट्रपति भण्डारीले सोही दिन अमलाचौरस्थित भैरव मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ ।

यसैबीच अमलाचौर स्कुल अलुमनाईका अध्यक्ष डा हेमराज शर्माले पूर्वविद्यार्थी तथा गैरआवासीय नेपालीहरुबाट संकलित ५० लाख रुपैयाँको अक्षयकोषको चेक राष्ट्रिपति भण्डारीको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरिने कार्यक्रम रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस