आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यूनाइटेड सिमेन्ट्सले बाँड्यो सम्पूर्ण विद्यार्थीलाई शैक्षिक सामाग्री

AuthorAP Khabar२०७६ बैशाख २२, आईतबार (४ साल अघि) ३१७ पाठक संख्या

बैशाख २२

के.एल. दुगड ग्रुप अन्तर्गतको यूनाइटेड सिमेन्ट्स प्रा.लि.ले ललितपुर, लेले स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा नर्सरी देखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीलाई शैक्षिक सामाग्रीहरू वितरण गरेको छ ।

हरेक बालबालिकाले व्यवस्थित रूपमा शिक्षा प्राप्त गर्नु उनीहरूको अधिकार भएको र यो किसिमको सामाजिक सहयोगले उनीहरूको शैक्षिक स्तरमा टेवा पु¥याउने यूनाइटेड सिमेन्ट्सको धेय रहेको छ । वैशाख २० गते एक कार्यक्रमका बिच कापी, कलम, झोला लगायतका शैक्षिक सामाग्रीहरू वितरण गरिएको हो । कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा गोदावरी नगरपालिका वडा नं. ५ का अध्यक्ष मिलन सिलवाल, महानगरीय प्रहरी प्रभाग चापागाउँका प्रमुख राजकुमार खिउजु, यूनाइटेड सिमेन्ट्स प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत माधव राज तिमिल्सिना, प्रबन्धक हरि कुमार उप्रेती तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुस्कल महत लगायत स्थानीय अभिभावकहरूको उपस्थिति रहेको थियो । यूनाइटेड सिमेन्ट्सको यो सहयोग अति स्वागत योग्य रहेको विद्यालय प्रशासनले जनाएको छ ।

समाजमा रहेर उद्योग धन्दा सञ्चालन गरेपछि यही समाजको हितका लागि विभिन्न कार्य गर्नै पर्दछ भन्ने अवधारणा बोकेर अघि बढेको यूनाइटेड सिमेन्ट्सले विगतमा पनि यस्ता सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि अझ भव्यताका साथ आयोजना गर्ने लक्ष्य रहेको उद्योगका खानी प्रबन्धक हरि कुमार उप्रेतीले बताए ।

अघिल्लो महिनामा मात्रै यूनाइटेड सिमेन्ट्सले धुनिवेशी नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर आयाृजना गरेको थियो । त्यसैले शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभूत कुराहरूमा कुनै पनि सम्झौता नगरी यूनाइटेडले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यको निरन्तरता दिइरहने प्रतिबद्घता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस