आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विद्यार्थी संगठनको नेपाल आयल निगमलाई एक हप्ते अल्टिमेटम

AuthorAP Khabar२०७६ बैशाख २२, आईतबार (४ साल अघि) १०८८ पाठक संख्या

बैशाख २२
प्रमुख सत्तारुढ नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी र अनेरास्ववियुले पेट्रोलियम पदार्थमा विद्यार्थी सहुलियतको व्यवस्था गर्न नेपाल आयल निगमलाई एक हप्ताको अल्टिमेटम दिएको छ ।

आइतबार निगमसमक्ष ध्यानाकर्षण पत्र बुझाउँदै विद्यार्थी सङ्गठनहरूले यसअघि सहुलियत दिने सहमति कार्यान्वयन नभएको भन्दै एक साताभित्र पेट्रोलियम पदार्थमा विद्यार्थी सहुलियत दिने व्यवस्था गर्न अल्टिमेटम दिएको हो । पेट्रोलियम पदार्थमा विद्यार्थी सहुलियत दिने, ग्यासमा विद्यार्थीहरूलाई निलो सिलिन्डर उपलब्ध गराउनुपर्ने, निगमभित्रको चुहावट र भ्रष्टाचार रोक्नुपर्ने लगायतका विषयमा यसअघि सहमति भए पनि निगमले कार्यान्वयन गरेको विद्यार्थी सङ्गठनहरूको आरोप छ ।

त्यस्तै पछिल्लो समय पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले थप महँगी सिर्जना गर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिन पनि विद्यार्थी सङ्गठनहरूले माग गरेका छन् । ध्यानाकर्षण बुझ्दै निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले २०६७ सालदेखि निगमले कर्मचारीलाई बोनस नबाढेको दाबी गरे । उनले ग्यास र ट्याङ्करको ढुवानी भाडा महँगो पर्न गएकाले पेट्रोलियम पदार्थ सोचेजस्तो समायोजन गर्न नसकिएको बताए ।

ध्यानाकर्षणपत्र बुझाउँदै अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले निगमका देखिएको समस्यालाई दिर्घकालीन रूपमा नै समाधान खोज्नुपर्ने बताए । उनले आफूहरूको सहमति कार्यान्वयन नभए कडा आन्दोलन गर्ने पनि चेतावनी दिएका छन् ।

विद्यार्थी सङ्गठनहरूले पेट्रोलियम पदार्थको बिक्रिवितरणमा एकाधिकार प्राप्त सरकारको पूर्ण स्वामित्वमा रहेको निगमले खेल्ने भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस