आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

तपाईंको यो साता (वैशाख २२ देखि २८ गतेसम्मको राशिफल)

AuthorAP Khabar२०७६ बैशाख २२, आईतबार (४ साल अघि) ४७६ पाठक संख्या

बैशाख २२
मेष – रमाइलोमा धन खर्च हुनेछ । पारिवारिक भेटघाटमा रमाईलो हुनेछ । साताको मध्यमा कार्यमा बाधा, स्वास्थ्य एवम् मानसिक समस्या बढ्नेछ । साताको अन्त्यमा विदेशबाट फाइदा, अधुरा काम बन्नुका साथै धार्मिक कार्यमा खर्च हुनेछ ।

वृष – आम्दानीको बढ्नेछ । स्वास्थ्यमा सुधार हुने एवम् विरोधी तत्व लाग्नेछन् । साताको मध्यमा साझेदारीबाट फाईदा, प्रेममा प्रगती एवम् व्यावसायिक यात्राको सम्भावना छ । अन्त्यमा भने काममा ढिलासुस्ती, सम्मानमा आघात, मित्रजनबाट असहयोग मिल्नेछ ।

मिथुन – विद्यामा सफलता हात लाग्नेछ । वृद्धिले साथ दिँदा महत्पूर्ण काम बन्नेछ । सन्तानबाट सुख प्राप्त हुनुका साथै आम्दानी बढ्ने छ । साताको मध्यमा स्वास्थ्यमा सुधार मित्रजनबाट सहयोग एवम् विरोधीहरु पर हट्नेछन् । साताको अन्त्यमा वैवाहिक काममा व्यस्तता एवम् भोजभतेरमा सहभागी भइनेछ ।

कर्कट– स्वास्थ्यमा प्रतिकुलता आउनेछ । घरायसी वादविवाद बढ्नेछ । साताको मध्यमा भने बौद्धिक काममा रुचि, सन्तानबाट सहयोग, व्यापारमा फाइदा हुनेछ । साताको अन्त्यमा खर्च बढ्ने, चोटपटकको सम्भावना एवम शारीरिक अस्वस्थता रहनेछ ।

सिंह– दौडधुप बढी हुनेछ । सामाजिक काममा व्यस्त भइनेछ । उत्साह बढ्ने एवम दाजुभाइबाट सहयोग पाइनेछ । साताको मध्यमा भने अनावश्यक कलह, महिलापक्षसँग वैमनस्यता हुनेछ । अन्त्यमा भने अध्ययनमा रुचि, व्यापारमा फाइदा एवम् सन्तानको प्रगति देखिनेछ ।

कन्या– बोलीको प्रभाव पर्नेछ । धन सम्पत्तिमा वृद्धि हुनेछ । कुटुम्ब सहयोगले काम बन्नेछ । उत्साहमा वृद्धि एवम् छोटो यात्रा हुनेछ । भाग्यले साथदिने एवम नयाँ मित्रसँग भेटघाट हुनेछ । सुखसयलमा मन जाने र बढी खर्च हुनेछ । अन्त्यमा भने स्वास्थ्यमा समस्या एवम् अशुभ खबर आउन सक्नेछ ।

तुला– यात्राको योग बन्नेछ । नयाँ कामको थालनी हुनेछ । आफ्नो पहिचान बन्नेछ । धन सम्पतिको कारोबार बढ्ने एवम् ईष्टमित्रबाट भरपुर सहयोग मिल्नेछ । साताको अन्त्यमा भने यात्रा हुने, साथीभाइबाट सहयोग मिल्नेछ ।

वृश्चिक– खर्च धान्न मुस्किल हुनेछ । पैसाको अभावले काममा बाधा पुग्नेछ । सरसामान हराउन सक्ने एवम् अनावश्यक घाटा बेहोर्नुपर्नेछ । साताको मध्यमा भने राजनीतिबाट फाइदा, ठुलाबडासँग कारोबार हुनेछ । साताको अन्त्यमा भने हिँडडुलमा व्यस्तता एवम् काममा प्रगति हुनेछ ।

धनु – आम्दानी राम्रो हुनेछ । काममा फाइदा मिल्नेछ । नयाँ सरसामान घरमा भित्रिनेछ । साताको मध्यमा खर्च बढ्ने एवम् नोक्सानीको भय रहनेछ । मनमा अशान्ति बढ्ने एवम् स्वास्थ्यमा प्रतिकुलता देखिन्छ । अन्त्यमा भने रोजगारीको अवसर एवम् कामबाट फाइदा मिल्नेछ ।

मकर – राजनीतिक लाभ मिल्नेछ । रोजगारीमा अवसर पाइनेछ । आम्दानी बढ्ने व्यापारमा फाइदा एवम् धनको कारोबारमा सफलता मिल्नेछ । साताको अन्त्यमा भने काममा तनाव आउने एवम् अनावश्यक लाञ्छना लाग्नेछ । स्वास्थ्यको लागि खर्च, अनावश्यक तनाव बढ्ने छ ।

कुम्भ – भाग्यले साथ दिनेछ । वैदेशिक काममा फाइदा मिल्नेछ । धर्ममा रुचि बढ्ने एवम् सामाजिक काममा अवसर पाइनेछ । मध्यमा भने रोजगारीमा फाइदा एवम् जिम्मेवारी थपिनेछ । साताको अन्त्यमा राम्रो आम्दानी हुने एवम् धनको कारोबारबाट सन्तुष्टि मिल्नेछ । अचानक फाइदाको लाभ मिल्नेछ ।

मीन – बोलीले गर्दा तनाव हुनेछ । स्वास्थ्यमा अचानक बाधा एवम् यात्रामा ढिलासुस्ती हुनेछ । साताको मध्यमा भने व्यापारमा फाइदा, साझेदारीमा लाभ एवम् दाम्पत्य प्रेममा प्रगति हुनेछ । अचानक यात्रा हुने र पुराना कामहरु बन्नेछन् । विरोध गर्नेहरुले सहयोग देखाउनेछन् । स्वास्थ्यमा सुधार एवम् राम्रो काममा खर्च बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस