आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कर्णालीका किसानलाई प्रदेश सरकारले अनुदानमा भैंसी दियो

AuthorAP Khabar२०७६ बैशाख २४, मंगलबार (४ साल अघि) ८४४ पाठक संख्या

बैशाख २४
सुर्खेत । कर्णालीका किसानलाई प्रदेश सरकारले भैंसी वितरण गरेको छ ।

दुग्धजन्य पदार्थको उत्पानमा वृद्धि गरी व्यवसायीक किसानको जीवनस्तरमा वृद्धि गर्ने उद्देश्यले भैंसी वितरण गरेको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानाएकाे छ ।

भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र सुर्खेतको सहजीकरणमा बराहतालका १० र ओदानताल गाउँपालिकाका ४० किसानलाई भैंसी वितरण गरिएको हो ।

सरकारको पचास लाख, किसानको दश लाख, गाउँपालिकाको पाँच लाख, लागत सहभागिताको पाँच लाख गरी कुल सत्तरी लाखको भैंसी खरिद गरी वितरण गरिएको सहकारीका अध्यक्ष ईश्वरभक्त सुनारले जानकारी दिनुभयो ।

किसानलाई सरकारले दिने अनुदान आगामी वर्ष पनि निरन्तरता दिने बताउँदै कृषि तथा सहकारी मन्त्री बिना केसीले भन्नुभयो, ‘सरकारी अनुदानलाई गरिब किसानले खोज्ने भन्दा सरकार गरिब किसान खोज्दै जान्छ ।’

व्यवसायीक किसानलाई गाउँपालिकाले पनि अनुदान दिने गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस