आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप शनिबार हुँदै

AuthorAP Khabar२०७६ बैशाख २४, मंगलबार (४ साल अघि) ४३९ पाठक संख्या

बैशाख २४

नेपाल रिङ रेस्लिङ संघको आयोजनामा बैशाख २८ गते (शनिबार) एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप रेस्लिङ हुँदैछ । डिसहोमको सहकार्यमा आयोजना गर्न लागेको च्याम्पियनसिपमा ६ देशका टप रेस्लरहरुको सहभागीता हुने आयोजकले जानकारी दिएको छ ।

रेस्लिङ खेलको बढ्दो क्रेजलाई मध्यनजर गर्दै रिङ रेस्लिङ संघले एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप गर्न लागेको हो । त्रिपुरेश्वरस्थित कर्भडहलमा शनिबार ३ बजे हुने प्रतियोगितामा ६ देशका टप रेस्लरहरुको सहभागीता हुनेछ । राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोग र एमकेडब्लु चीनको समन्वयनमा हुन लागेको यो प्रतियोगितामा नेपाल, चीन, अमेरिका, इग्ल्यान्ड, हङकङ, न्यूजिल्यान्डका खेलाडीहरुको सहभागीता रहनेछन् । नेपालका रेस्लर नुवाकोटे टाइगर, ठाकु, डेभिड, एक्स हिरो, साइन, चट्टान, दिलाशाले प्रतिस्पर्धा गर्ने छन् ।

त्यसैगरि अमेरिकाबाट एस सिल्भा, जेडा, जोम्बिइ ड्रागन र अंकल मनि छन् भने युकेका विग साम, चीनका बेम्बो क्रुसर, दा बाइ, ब्ल्याक माम्बा प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरि हङकङका के सी, चियरम्यान एएल, मिचेल र न्यूजिल्यान्डका टोमी कम्ब्याट भिड्दैछन् । रेफ्रीमा प्रदिप पाण्डे, कुवरे केसी, विकाश थयोखड्का रहेका छन् । प्रतियोगितामा दुईवटा वेल्ट विजेता घोषणा गरिने छ । जसमा वेल्ट एण्ड रोड च्याम्पियन र वल्र्ड च्याम्पियनको वेल्ट प्रदान गरिने छ ।

प्रतियोगितामा एकल, ट्याग टिम, टु भर्सेस टु, वे कर्नर, रोपन एन्ड कर्नरका प्रतिस्पर्धाहरु गराइने छन् । प्रतियोगिताको मिडिया पार्टनर डिस मिडिया नेटवर्क लिमिटेडले एक्सन स्पोर्टसबाट प्रसारण गर्ने कार्यक्रम रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस