आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विश्वमा कार्वनडाइअक्साइडको उत्सर्जनमा वृद्धि

AuthorAP Khabar२०७५ मंसिर १२, बुधबार (५ साल अघि) ३३३ पाठक संख्या

न्यूयोर्क, मंसिर १२ : संयुक्त राष्ट्रसंघीय एक अध्ययनले विश्वमा कार्वनडाइअक्साइडको उत्सर्जनमा वृद्धि भएको देखाएको छ । विगत चार वर्षमा कार्बन उत्सर्जन नियन्त्रणमा रहे पनि सन् २०१७ को प्रतिवेदनअनुसार कार्बन उत्सर्जन बढेको हो ।

कार्बनडाइअक्साइडको उत्सर्जनमा आर्थिक बृद्धिदर प्रमुख कारण रहेको अध्ययनको निष्कर्ष छ । सन् २०१४ देखि २०१६ सम्म मध्यम गतिमा बढेको विश्वको आर्थिक वृद्धि २०१७ मा उच्च देखिएको थियो । आगामी डिसेम्बरमा पोल्याण्डमा हुने जलवायुसम्बन्धी राष्ट्रसंघीय सम्मेलन अघि यस्तो प्रतिवेदन सार्वजनिक गरिएको हो ।

पेरिस जलवायु परिवर्तनसम्बन्धी सम्झौताको लक्ष्य विपरित सन् २०२० मा कार्बन उत्सर्जन उच्च विन्दुमा पुग्ने अध्ययनले देखाएको छ । हालको अवस्थालाई सही प्रक्रियाबाट नियन्त्रण प्रयास गरिए सन् २०३० सम्ममा सही नतिजा निस्कन सक्ने विश्लेषण भने अध्ययनमा गरिएको छ ।

राष्ट्रसंघले ९ वर्षदेखि पृथ्वीको वायुमण्डलबारे विस्तृत अध्ययन गर्दै आएको छ । हरित गृह ग्यासको उत्सर्जनको क्रमलाई अध्ययन गर्दै राष्ट्रसंघले सबै मुलुकलाई सचेत बनाउने गरेको छ ।

वृद्धि भइरहेको पृथ्वीको तापक्रमलाई नियन्त्रण गर्न हरितगृह ग्यासको उत्सर्जनमा नियन्त्रण गर्नुपर्ने छ । कार्बन उत्सर्जनमा नियन्त्रण गर्न नसके हाल १.५ डिग्री सेल्सियसले बढ्दै गएको पृथ्वीको तापक्रम ३.२ डिग्री सेल्सियससम्मले वृद्धि हुने अध्ययनले चेतावनी दिएको छ । (एजेन्सी)

इमेज खबर

 

प्रतिक्रिया दिनुहोस