आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश २ ले थाल्यो प्रहरी भर्ना प्रक्रिया, १६६१ को आवेदन

AuthorAP Khabar२०७५ मंसिर १२, बुधबार (५ साल अघि) ४६२ पाठक संख्या

जनकपुर,मंसिर १२: : देश संघीय प्रणालीमा गएपछि प्रदेशबाट पहिलो पटक प्रहरी भर्ना प्रक्रिया सुरु भएको छ । नेपाल प्रहरी अन्तर्गत प्रहरी सहायक निरीक्षक पदमा रिक्त पदपूर्तिका लागि असोज १५ गते आह्वान गरिएको विज्ञापन अनुसार प्रदेश २ मा निर्धारित अवधिभरमा १६६१ जनाले दरखास्त दिएका हुन् ।

दरखास्त दिनेमा ५९ जना महिला र बाँकी पुरुष छन् । उनीहरुको विभिन्न चरणको परीक्षा सोमबारदेखि प्रदेश २ को संघीय प्रहरी ईकाई कार्यालय जनकपुरमा सुरु भएको हो । प्रतिस्पर्धीहरुको चापलाई हेर्दै प्रत्येक दिन २ सयको दरले मंसिर १९ गतेसम्म परीक्षण कार्यक्रम सञ्चालन हुने ईकाई कार्यालय जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द आचार्यले बताएका छन् ।

तीन चरणमा हुने परीक्षणमा सर्वप्रथम प्रारम्भिक स्वास्थ्य परीक्षण, दोस्रो चरणमा शारीरिक तन्दुरुस्ती परीक्षा र तेस्रो चरणमा विस्तृत स्वास्थ्य परीक्षण परीक्षा हुने आचार्यले बताए ।

प्रहरी भर्ना तथा बढुवामा लोकसेवा आयोगको सिद्धान्त २०६९ को दफा १० बमोजिम २० वटा बुँदाहरु त्हत रहेर परीक्षाहरु लिने निर्धारण गरिएको छ ।  प्रदेशस्तरमा प्रदेशका प्रहरी प्रमुखको नेतृत्वमा पाँच सदस्यीय प्रदेश प्रहरी पदपूर्ति उपसमिति गठन गरिएको हो ।

सो उपसमितिमा डिआईजीसहित केन्द्रीय प्रहरी प्रधान कार्यालयका एक प्रतिनीधि, लोकसेवा आयोगका एकजना प्रतिनीधि, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी प्रतिनिधि रह्ने व्यवस्था रहेको छ । प्रदेश २ मा यस परीक्षालाई व्यवस्थित गर्न ८० जना प्रहरी कर्मचारी खटिएका हुन् ।

प्रतिक्रिया दिनुहोस