आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हैदरावादलाई दुई विकेटले हराउँदै दिल्ली क्वालिफायरमा

AuthorAP Khabar२०७६ बैशाख २६, बिहिबार (४ साल अघि) ३३४ पाठक संख्या

बैशाख २६
दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार राती सम्पन्न खेलमा सनराइजर्स हैदरावादलाई २ विकेटले पराजित गर्दै नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्लीले क्वालिफायरमा स्थान बनाएको छ ।

अब दिल्लीले फाईनल प्रवेशका लागि चेन्नई सुपर किंग्ससँग खेल्ने छ । हैदरवादको भने यस सिजनको आईपीएल यात्रा यहि सकिएको छ । दिल्लीले पहिलो पटक प्ले अफ जितेको हो ।

एक सय ६३ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६५ रन जोड्दै लक्ष्य पूरा गरेको थियो । दिल्लीको जितमा पृथ्वी शा ले ५६ रनको अर्धशतकीय इनिङ खेले । ऋषभ पन्तले ४९, शिखर धवनले १७ र कोलिन मुरानोले १४ रन बनाए । बलिङमा हैदरावादका लागि राशिद खान, भुवनेश्वर कुमार र खलिल अहमदले दुई दुई विकेट लिए । दिपक होडाले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६२ रन बनाएको थियो । हैदरावादका लागि ओपनर मार्टिन गुप्टिलले सर्वाधिक ३६ रन बनाए । कप्तान केन विलियम्सनले २८ रन बटुले । मनिष पाण्डेले ३०, विजय शंकरले २५ र मोहमद नाबीले २० रन बनाए । बलिङमा दिल्लीका किमो पलले तीन विकेट लिए ।

ईशान्त शर्माले दुई तथा अमित मिश्रा र टेन्ट्र बोल्टले एक एक विकेट झारे । यद्यपी दिल्लीले यस खेलमा नेपालका बलर सन्दीप लामिछानेलाई खेलाएको थिएन ।

प्रतिक्रिया दिनुहोस