आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनकपुर अंचल अस्पताल बिरुद्ध , अख्तियारमा उजुरी पुग्यो पैसा खाएर काम गर्ने आरोप

AuthorAP Khabar२०७६ बैशाख २६, बिहिबार (४ साल अघि) ५६४ पाठक संख्या

बैशाख २६ जनकपुरधाम : जनकपुरस्थित यशराज सेक्यूरिटी सर्भिस प्रालिका प्रबन्ध निर्देशक रामरतन ठाकुरले जनकपुर अंचल अस्पतालले मिलोमतोमा बोलपत्र स्वीकृत गरेको आरोप लगाएका छन् ।

जनकपुरमा बुधवार पत्रकार सम्मेलन गरी प्रबन्ध निर्देशक ठाकुरले रकमको चलखेल गरी अंचल अस्पतालले सुरक्षा गार्डको बोलपत्र डिलक्स सेक्यूरिटी सर्भिस प्रालि काठमाडौंको स्वीकृत गरेको आरोप लगाए । उनले हरेक मापदण्ड पालना गरेर सबभन्दा कम रुपैयामा सुरक्षा गार्ड दिने भनेर बोलपत्र भरेको भएपनि नपरेको गुनासो गरे ।

डिलक्सले प्रति जवान प्रति महिना १७ हजार ३३३ रुपैयामा उपलब्ध गराउने भनेर टेण्डर भरेको थियो । तर यशराजले प्रति जवान प्रति महिना मात्र १६ हजार ७०१ रुपैयामै उपलब्ध गराउने भनेर टेण्डर भरेको भएपनि डिलक्सलाई स्वीकृत गरेको छ । हरेक मापदण्ड पुरा गरेको भएपनि आशयपत्र डिलक्सलाई दिएपछि आश्चर्य लागेको प्रबन्ध निर्देशक ठाकुरले बताए ।

अंचल अस्पतालका निमित्त मेसु डा. नागेन्द्र प्रसाद यादबसँग गुनासो गर्दा मुल्यांकन समितिले गरेको निर्णय अनुसार भएको भन्दै पन्छिन खोजेको उनले सुनाए । भने, ‘अंचल अस्पताललमा सन्तोष जनक जवाफका लागि निवेदन समेत दिएको छु । साथै सामाजिक विकास मन्त्रालयमा समेत निवेदन दिएपनि अहिलेसम्म कुनै सुनवाई भएको छैन ।’ उनले न्यायका लागि अब अदालत जाने पनि उनले भने ।

बोलपत्र आह्वानमा अनियमितता भएको भन्दै प्रबन्ध निर्देशक ठाकुरले अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय बर्दिबासमा समेत बुधवार उजुरी दर्ता गराएका छन् । अस्पतालले १४ सुरक्षा गार्डका लागि बोलपत्र आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस