आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चिनियाँ नेताले व्यापार वार्ताका आधारहरु भंग गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप

AuthorAP Khabar२०७६ बैशाख २६, बिहिबार (४ साल अघि) २४८ पाठक संख्या

बैशाख २६
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरीका र चीनबीचको व्यापार वार्ता पूर्व सन्ध्यामा चिनियाँ नेताले व्यापार वार्ताका आधारहरु भंग गरेको आरोप लगाएका छन् । दुई देशबीचको व्यपार सम्बन्धमा तनाव आइरहेका बेला दुई देशबीच आज अमेरिकामा व्यापार वार्ता हुँदैछ ।

वार्ता चुस्त रुपमा अघि नबढ्नुमा चीन नै दोषी रहेकोे ट्रम्पको आरोप छ । अमेरिका र चीनबिच व्यायार युद्ध चलिरहेको छ । यो समस्या समाधानका लागि वार्ता गर्ने भनिए पनि त्यसका लागि सहज वातावरण बनिरहेको छैन ।

अमेरिकी राष्ट्रपति ट्रम्पले गएको शुक्रवार चिनियाँ सामानमा लाग्दै आएको कर दोब्बर बनाउने बताएका थिए ।अमेरिकाले पुनः चिनियाँ उत्पादनमाथिको कर बढाउने बताएपछि सम्बन्धमा थप तनाव आएको हो ।

चीनले अमेरिकी कदमको उस्तै जवाफ दिने बताएपछि ट्रम्पको भनाइ आएको हो । पछिल्लो एक वर्षदेखि अमेरिका र चीनबीच व्यापार सम्बन्धमा तनाव उत्पन्न भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस