आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्सा प्रहरीको सक्रियता,चोरीको समान सहित ४ जना पक्राउ

AuthorAP Khabar२०७६ बैशाख २६, बिहिबार (४ साल अघि) २४८ पाठक संख्या

वीरगंज,२६ वैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले अपराध नियन्त्रणका लागी बनाएको क्राईम टोलीको सक्रियताले चोरीका विभिन्न समानहरु सहित ४ जनालाई पक्राउ गरेको छ ।
क्राईम टोलीका प्रमुख प्रहरी निरीक्षक राजेश दत्तको कमाण्डमा रहेको टोलीले वीरगंजको ज्ञान्दा स्कुलमा चोरी भएको विभिन्न समानहरु सहित ४ जनालाई पक्राउ गरेको हो ।

चोरीमा संलग्न भएको आरोपमा पक्राउ पर्नेमा वीरगंज महानगरपालीका वडा नम्बर ११ कृषी औजार पछाडी डेरा गरी बस्ने वर्ष ३२ को बल बहादुर थापा, सोही वडा बस्ने वर्ष ३६ को मोजामील मिया,वडा नम्बर २४ बस्ने वर्ष २८ की गिता देवी र सोही ठाउ बस्ने वर्ष ३४ को मनु कुमार गुप्ता रहेका छन ।

प्रहरीले उनीहरुको साथबाट जेडी केइइ कम्पनीको मनिटर १ थान,सोनी कम्पनिको ४८ इन्चको एलइडी टिभी १ थान,डेल कम्पनिको ल्यापटप ४ थान, जेडी केइइ कम्पनीको चार्जर सहितको एलइडी १ थान,माईक १ थान,एम सिबी बक्स बोर्ड २ थान,फायर स्ट्रीगं आगो निभाउने मशिन १ थान,सटर फोडने प्रयोग गरिएको फलामको रड २ थान र नेपाली भारतीय गरी २८ हजार ६ सय नगद समेत बरामद गरिएको क्राईम टोलीका इन्चार्ज प्रहरी निरीक्षक राजेश दत्तले जानकारी दिनु भयो ।

पक्राउ परेका सबैजनालाई थप आवश्यक कार्यवाहीका लागी जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुशनधान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीले चाहयो भने अपराध नियंत्रण गर्न सकिन्छ भने उदाहरणको रुपमा अहिले पर्सा प्रहरीले कार्य गरिरहेको छ । अपराध नियंत्रणकालागि प्रहरीले बनाएको क्राइम ब्रान्चले चाहेको खण्डमा आम नागरिक , उद्योगी व्यवसायीले राहत महशुस गर्न सकने किसिमले अहिले पर्सा क्राईम ब्रान्चले काम गरिरहेको देखिन्छ ।

क्राइम ब्रान्च प्रमुख प्रहरी निरीक्षक राजेश दत्तको सक्रियताले खुल्ला सिमा नाकाका कारण हुने अपराधमा कमी आएको छ । प्रहरी निरीक्षक दत्तको काम गर्ने शैलीले विगतमा भएका अपराधीक घटनाका दोषीहरु प्नि धमाधम पक्राउ परि कार्यवाहीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस