आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अपहरणविरुद्धको प्रदर्शनमा आक्रमण, ४ सैनिक पक्राउ

AuthorAP Khabar२०७६ बैशाख २६, बिहिबार (४ साल अघि) २१४ पाठक संख्या

बैशाख २६

पोर्चुगल। कृषि कामदार अपहरणविरुद्धको प्रदर्शनमा आक्रमण भएको छ । आक्रमण गरेको अभियोगमा ४ जना जिएनआर सैनिक पक्राउ परेका छन् ।

विलि नोआ डे मिलफन्टेसमा खेतीमा काम गर्ने दुई नेपाली आप्रवासीलाई अपहरण र आक्रमण गरेको अभियोगमा सैनिकलाई न्यायिक प्रहरीले पक्राउ गरेको हो । अपहरण घटना अक्टोबरको हो।

कृषिमा काम गरिरहेका दुई नेपाली आप्रवासी र कृषि मालिकको बिचमा भएको बिबादमा जिएनआर प्रहरीले बिना कसुर शक्ति प्रदर्शन गरेको आरोप छ। नेपाली कामदार र कृषि मालिकको बिचमा विवाद हुँदा चिनजानको आधारमा कृषि मालिकको पक्षमा वकालत गर्दै नेपाली कामदारमाथि दुर्व्यवहार र शक्ति प्रदर्शन गरेकोले कारबाहीको लागि जिएनआर सैनिकलाई पक्राउ गरेको पोर्तुगलको न्यायिक प्रहरीले जनाएको छ।

आप्रवासी नेपालीको वासस्थान पत्ता लगाएर रातिको समयमा नेपाली कामदारको घरमै गएर अपहरण शैलीमा जिएनआर सैनिकले दुव्यवहार गरेको र भौतिक आक्रमण गरेको आरोप लागेको छ। शुरुमा एक जना सैनिक मात्रै नेपाली कामदारको वासस्थानमा गएतापनि पछि उनले फोन गरेर अन्य ३ सैनिकहरुलाई बोलाएर नेपालीमाथि दुर्व्यवहार गरेका थिए। नेपाली कामदारको बचाउमा आएका अर्का नेपालीलाई समेत अपहरण र दुर्व्यवहार गरेको आरोप सैनिकलाई लागेको छ।

न्यायिक प्रहरीले पीडित नेपालीको को को थिए र खेती कम्पनीका मालिक को हुन् ? भन्ने बारेमा केही उल्लेख छैन । नेपाली खेती कम्पनीका मालिकहरुले आफ्नो भनसुन र व्यक्तिगत सम्बन्धका आधारमा जिएनआर सैनिकलाई प्रयोग गरी नेपाली कृषि कामदारमाथि दुर्व्यवहार र शक्ति प्रदर्शन गर्न लगाएको बिशेष स्रोत जानकारी प्राप्त भएको छ।

जिएनआरको ज्यादतिको बारे पीडितहरुले पोर्तुगलको न्यायिक प्रहरीलाई उजुरी गरेपछि लामो समयको अनुसन्धान र प्रमाणको आधारमा बिहिबार बिहानै ४ जना जिएनआर सैनिकलाई पक्राउ गरिएको हो। पक्राउ गरिएका सैनिकलाई कारबाहीका लागि शुक्रबार ओदिमेरा अदालतमा उपस्थित गराइँदैछ।

प्रतिक्रिया दिनुहोस