आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारतबाट २३ नेपाली महिलाको उद्धार

AuthorAP Khabar२०७६ बैशाख २७, शुक्रबार (४ साल अघि) २३८ पाठक संख्या

बैशाख २७ । भारतको मिजोरामबाट २३ नेपाली महिलाको उद्धार गरि नेपाल फर्काइएको छ । तस्करको जालोबाट बचाएर भारतको उत्तरपूर्वी राज्य मिजोरमबाट ति महिलालाई शक्ति समूह र माइती नेपाललगायतका संस्थाले उद्धार गरी काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको हाे ।

स्थानीय नेपाली भाषी नागरिकको सुराकीको आधारमा मिजोरम पुलिसले ६ दिनअघि ती महिलाको उद्धार गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले जानकारी दिनुभयो । उनीहरूलाई मिजोरमको चम्फी भन्ने स्थानमा प्रहरी टोलीले छापा मारेर उद्धार गरेको जनाइएको छ ।

उद्धार गरिएकाहरूमा झापासहित नेपालका विभिन्न जिल्लाका २० देखि ४५ उमेर समूहका महिला छन् । भारतीय प्रहरीका अनुसार भारतीय नागरिक नेपालीभाषी एजेन्ट लालबहादुर भन्ने व्यक्तिले उनीहरूलाई त्यहाँ पुर्याएका थिए । बर्मा हुँदै दक्षिणपूर्वी एसियाली मुलुक लैजानका लागि त्यहाँ पुर्याइएको अनुसन्धानका क्रममा खुलेको उपसचिव भुसालले जानकारी दिनुभयो ।

एजेन्ट लालबहादुरलाई पनि मिजोरम पुलिसले पक्राउ गरिसकेको मिजोरम पुलिसका महानिरीक्षक एलएच शान्लियानाले जनाकारी गराएको भुसालको भनाइ छ ।
सभार जनता समाचार

प्रतिक्रिया दिनुहोस