आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कलैयामा समाचकेवा पर्व

AuthorAP Khabar२०७५ मंसिर १३, बिहिबार (५ साल अघि) ५३९ पाठक संख्या

कलैया, मंसिर १२ : बाराको सदरमुकाम कलैया स्थित बसोबास गरेका थारूहरू आफ्ना साँस्कृतिकलाई जोगाउदै समाचकेवा पर्व मनाउदै बुधबार सम्पन्न गरेका छन् । ‘अपन साँस्कृतिक बचाउ आ अपन पहिचान बनाउँ’ भन्ने नाराका साथ कलैयाका थारु महिलाहरुले समाचकेवा पर्वलाई विधिपूर्वक नजिकैको जलाशयमा लगी बिसर्जण गरेका छन् ।

थारू समुदायले मनाउने पर्वहरू मध्य मुख्य पर्वको रूपमा समा चकेवा पनि रहेका छन् । कलैया स्थित रहेका थारू सेवा सदनमा बाराका थारूहरूले समा चकेवा पर्व विधि पुर्वक कलैया नगर परिक्रमा गरी बुधबार सम्पन्न गरेका हुन् ।
छठ पर्वको गोढान सरापने अर्थात भाई टिकाका दिन देखि यो पर्व खेल्ने कार्य सुरु गरीएका थिए ।

कलैयामा रहेका थारू महिलाहरूले आफ्नो साँस्कृतिक बचाउनको उदेश्यले माटाका विभिन्न खालका मुर्ती समाचकेवा , सतभैया , चुगीला , चराचुरुङ्गी , वृन्दावन जस्ता मुर्ति बनाई थारू सेवा सदनमा समाचकेवा खेल्दै आएका थिए ।कलैयामा रहेका थारू महिलाहरूले समा चकेवालाई नजिकैको खोला लगी बुधबार बिहानै बिसर्जन गरीएका बारे थारू अगुवा लक्ष्मि प्रसाद चौधरीले जानकारी दिए । समा चकेवा पर्वले दाजुभाई तथा दिदि बहिनीको प्रेम तथा मायालाई झलकाउने पर्वको रुपमा चिनिन्छ ।

दिदि बहिनीहरुले आ–आफ्नो दाई तथा भाईको दिर्घायुको लागी यो पर्व मनाउने गर्ने गरीन्छ । यो पर्व धार्मीक विश्वासमा आधारीत छ । बुढापाखाहरुका अनुसार द्धापर युगमा श्री कृष्णकी सुपुत्री सामा वृन्दावन जंगलमा घुमघाम गर्न जादा ऋषिसँग रमन गर्ने गरेको झूठो कुरा सेविका डिहुलीले कृष्ण समक्ष लगाईन्छ ।

कृष्णले आवेसमा आएर सामा र वृन्दावनका समस्त ऋषिलाई चरा बन्ने श्राप दिएको छ । सामाका भाई साम्बले सो जानकारी पाएपछि आफ्नी दिदिलाई श्रापबाट मुक्त गराउन घोर तपस्या गरे । तपस्याबाट खुसी भएर कृष्णले सामा सहित सबै ऋषिलाई श्रापबाट मुक्त गरे ।

भाईले दिदीलाई श्रापबाट मुक्त गरेकाले अबदेखि जसले माटाको सामा बनाएर गाँउभरी भ्रमण गरी पर्व मनाउछन् । उसको दाजुभाईको दिर्घायु वरदान श्रीकृष्णले दिएकाले यो पर्व मनाउन थालिएका चन्द्रकला चौधरीले जानकारी दिईन् । त्यसैगरी बारागढि गाँउपालिका वडा – १ बसतपुरमा महिला सम्वद्र्धन सामुदायिक सिकाई केन्द्रले आयोजनामा भएको समा चकेवा पर्वलाई विसर्जन गरेका छन् ।

गाँउपालिका अध्यक्ष देवदत्त वछारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा करैयामाई गाउपालिका अध्यक्ष भुवनेश्वर धामी, उपाध्यक्ष चित्रलेखा चौधरी, बारागढी उपाध्यक्ष लक्ष्मी राय लगायतको सहभागिता रहेका बारे कार्यक्रम संचालिका निरमा चौधरीले जानकारी दिईन् ।
कृपा दैनिक

प्रतिक्रिया दिनुहोस