आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मधेशामा सहमति डेरीलाई दुई वटा फ्रिज प्रदान

AuthorAP Khabar२०७६ बैशाख २७, शुक्रबार (४ साल अघि) ३५१ पाठक संख्या

बैशाख २७
इनरुवा । इनरुवा नगरपालिकाले इनरुवा ६ स्थित मधेशामा रहेको सहमति दुग्ध खरिद बिक्री केन्द्रलाई किसानहरुको दुध भण्डारण गर्न दुई वटा फ्रिज प्रदान गरेको छ ।

बिहीवार मधेशा स्थित सहमति दुग्धको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा इनरुवा नगरपालिकाका मेयर राजन मेहताले मधेशा क्षेत्रका किसानहरुले उत्पादन गरेका दुधलाई सुरक्षित भण्डारण गर्न डिप फ्रिज प्रदान गरेका हुन । यस अगाडि इनरुवा नगरपालिकाले दुध ढुवानी गर्नका लागि एउटा सिटी सफारी उपलब्ध गराएको थियो ।

नगरपालिकाकाले एक लाख बीस हजार मुल्यको पाँच सय पचास लिटर क्षमताका दुई वटा डिप फ्रिज उपलब्ध गराएपछि मधेशाका किसानहरुले बिक्रीका लागि ल्याएको दुधलाई भण्डारण गरी उपभोक्ताहरु माँझ बजारसम्म लगी बिक्री गर्न सहज भएको सहमति दुग्ध खरिद बिक्री केन्द्रका अध्यक्ष दिनेश कोइरालाले बताए ।

कार्यक्रममा मधेशाका फुटवल खेलाडीहरुलाई मेयर राजन मेहताले खेलकुदका लागि आवश्यक जर्सीहरु समेत प्रदान गरेका थिए ।

उक्त समारोहमा वडाअध्यक्ष कोषराज अधिकारी, कार्यपालिका सदस्य मनु चापागाई, वडासदस्य हेमनारायण चौधरी, पूर्व गाविस अध्यक्ष कमल कार्की, पूर्व उपाध्यक्ष लक्ष्मण कार्की, गणेश खडका लगायतको सहभागिता रहेको थियो ।

सहमति बचत तथा ऋण सहकारी संस्था र २० जना महिलाहरुको समुहबाट २०७३ सालमा स्थापना गरिएको सहमति दुग्ध खरिद बिक्री केन्द्रले दैनिक किसानहरुबाट बिक्रीका लागि ल्याएका दुध खरिद गरेर उपभोक्ताहरु माँझमा बिक्री गर्दै संचालकहरुले सस्थागत रुपमा स्वरोजगारको माध्यमसमेत बनाउन सफल भएका छन ।

दैनिक किसानहरुबाट ४ सय लिटर दुध खरिद गरी उपभोक्ताहरुलाई बिक्री गर्दै आएको संस्थाले दही, घ्यू, खुवा, पनिर लगायतका अन्य परिकारसमेत उत्पादन गरी बिक्री गर्ने गरेको अध्यक्ष कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस