आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्साका राष्ट्रिय वन अतिक्रमणको चपेटामा

AuthorAP Khabar२०७५ मंसिर १३, बिहिबार (५ साल अघि) ४७८ पाठक संख्या

पर्सा, मंसिर १३ : डिभिजन वन कार्यालय पर्सा अन्तर्गतका राष्ट्रिय वनका जग्गा दिन्हु अतिक्रमणको चपेटामा पर्दै गएको पाइएको छ । पर्सामा रहेको कुल जंगल मध्ये तिन सय एकासी हेक्टर वनको जग्गा अतिक्रमणको चपेटामा परेका हो ।
सम्बन्धीत सरोकारवाला निकाय भने मौन बसेकै कारण बनको जग्गामा अतिक्रमण बढेको स्थानिय बासिहरुले जनाउका छन् । जिल्लाको पश्चिमी उतरी क्षेत्रमा जंगलको सिमासँग जोडिएका जग्गा बढि अतिक्रमणमा परेका डिभिजन वन कार्यालय पर्साको तथ्याङ्कले देखाएको छ । जिल्लाको जीराभवानी गाँउपालिकाको हरैया र सखुवानीया क्षेत्रमा सयौ बिघा जमिन अतिक्रमण भएको छ ।
त्यस्तै पटेर्वा सुगौलीको भथौडा, सोनबर्षा, गदियानी, चाफी लगायतका क्षेत्रमा वनको जग्गा अतिक्रमण हुने क्रम जारी रहेका स्थानियले जनाएका छन् । सो क्षेत्रको केही स्थानियहरुले दक्षिणी भेगका आफ्न्तका लागि घर, बारी तथा खेत बनाउने कार्यमा सरीक भएका बुझिएको छ । जंगलमा रहेका स–साना रुख तथा बिभिन्न बोट बिरुवाहरुलाई कटानी गरी आगो लगाउने र खनजोत गरी खेतमा परिणत गरीरहदा पनि सरोकारवाला मौन बसेका स्थानीयहरुले गुनासो गरेछन् ।
कतिपय जग्गा अतिक्रमणकारीहरुले स–साना झोपडी निर्माण गरी गाईबस्तुको गोठ निर्माण समेत गरेको पाईएको छ । वनको अतिक्रमित जम्मामा अहिले धामाधम तोरी, गहु, सुर्ती लगायतका बाली लगाउन थालिएका छन् । जिल्लाको कूल वनमध्ये ११ हजार ५ सय ८५ हेक्टर जंगल राष्ट्रिय वन रहेको जसमध्ये ३ सय ८१ हेक्टर वनको जग्गा अतिक्रमणको चपेटामा परेका डिभिजन वन कार्यालय पर्साको तथ्याङ्कमा छ ।
वन संरक्षणका लागि १० वटा वन कार्यालयका एकाई स्थापना गरिएका थिए भने त्यसलाई घटाएर अहिले छ वटा वन कार्यालयका एकाई कायम गरिएको छ । यी एकाईहरुमा करिव एक सय भन्दा बढि बिभिन्न तहका कर्मचारीहरु परिचालित छन् ।
कर्मचारी परिचालन गर्दा पनि अतिक्रमण कार्य भने रोकिएको छैनन् । त्यस्तै वन जंगल संरक्षण तथा सम्बर्धनका लागि नेपाल सरकारले साझेदारीको निति ल्याए पनि पर्सामा लागू गर्न सकिएको छैन ।
जिल्लामा सबैया साझेदारी वन समिति, बिन्दवासनी साझेदारी वन समिति र गादीमाई साझेदारी वन समिति गरी तीन वटा साझेदारी वन समिति रहेका छन् । जसमध्ये सबैया साझेदारी वन समिति सक्रिय भएर काम गरिरहेका छन् ।
यता डिभिजन बन कार्यालय पर्साका प्रमुख रामबाबु साहले भने आफुलाई यस बारेमा जानकारी नभएको भन्दै आफुले तत्कालै त्यस क्षेत्रको अनुगमन गरी बन अतिक्रमण खाली गराउने प्रतिबद्धता जनाए ।

 

कृपा दैनिक

प्रतिक्रिया दिनुहोस