आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश सभा सदस्य बिस्वकर्माद्धारा २ लाख मुल्य बराबरको फर्निचर सहयोग

AuthorAP Khabar२०७६ बैशाख २७, शुक्रबार (४ साल अघि) ४१० पाठक संख्या

एपी खबर
जीतपुर, बैशाख २७ : प्रदेश नम्बर २ प्रदेश सभा सदस्य सुन्दर बिस्वकर्माले २ लाख मुल्य बराबरको फर्निचर ब्रह्मकुमारी राजयोग सेवा केन्द्र सिमरालाई सहयोग गर्नुभएको छ । मेडिटेसन मार्फत समाजमा सकारात्मक सोचको विकास गर्ने यस संस्थालाई उहाँले सो सहयोग हस्तान्तरण गर्नुभएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभासदस्य बिस्वकर्माले धर्मलाई विज्ञानसंग जोड्न सक्नुपर्ने कुरामा जोड दिनुभएको थियो । उहाँले धर्मले बाटो देखाएपनि त्यो प्रमाणीत गर्न नमिल्ने तर त्यसलाई विज्ञानसंग जोडेपछि मात्र पुरा हुने बताउदैँ धर्म र विज्ञानलाई जोड्न आवश्यक रहेको बताउनुभयो ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र सिमराका संचालिका मघु दिदिको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य दिनेश राई, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जग्नाथ घिमिरेको उपस्थिती रहेको थियो ।

प्रमेश्वर भाईजीको सहजीकरणमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीले ब्रह्मकुमारी राजयोग सेवा केन्द्र सिमरालाई ७ ओटा दराज, २ ओटा फाईल केविनेट, २ वटा बक्स पलंग, ४ सेट सोफा, ३ ओटा घुम्ने कुर्सि र एउटा टेबलको चासो हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस