आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विपन्न बालवालिकालाई परोपकारी युवासञ्जालद्धारा शैक्षिक सामाग्री सहयोग

AuthorAP Khabar२०७६ बैशाख २७, शुक्रबार (४ साल अघि) ३४८ पाठक संख्या

सिमरा, बैशाख २७ : मनकारी युवाहरुको संस्था परोपकारी युवा सञ्जाल काठमाण्डौको आयोजनामा शुक्रबार पर्साको वडेर्वाका विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । पर्सागढी गाउँपालिका अन्तर्गत रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका ५० जना विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

परोपकारी युवा सञ्जालका संयोजक रमेश सापकोटाको नेतृत्वको टोलिले झोला, कपि कलम, पेन्सिल, ईरेजर, पेन लगायतका शैक्षिक सामाग्री वितरण गरेको हो ।

सञ्जालले यस अघि हावाहुरी प्रभावित फेटा गाउँ गाउँपालिकाको पुरैनिया, भरवलिया र जीतपुरसिमराको दुधौरामा रहेको विद्यालयमा समेत शैक्षिक सामाग्रीहरु वितरण गरेको समाजसेवी राजकुमार लामाले जानकारी दिए ।

कार्यक्रममा परोपकारी युवा सञ्जालका संयोजक सापकोटा सहित नयाँ गोरेटो पुर्नःस्थापना केन्द्र, सिमराका अध्यक्ष राजकुमार लामा, जागृत चौरेल, बिनोद श्रेष्ठ, सञ्जुप्रसाद सिंग्देल, सरोजकुमार लामिछाने, नवराज श्रेष्ठ, धर्मराज अर्याल, नविन पौडेल, हमित हुसेन लगायतको उपस्थिति रहेको थियो ।

विद्यालयका प्रअ चेतमनप्रसाद दास, शिक्षक गौरीशंकर महत्तो, हरेराम दास लगायत शिक्षक, विद्यार्थी र अभिभावकहरुको समेत सो कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस