आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नयाँशक्तिका केन्द्रीय सदस्यसहित ४० जना पार्टी त्याग्दै नेकपा प्रवेश

AuthorAP Khabar२०७६ बैशाख २९, आईतबार (४ साल अघि) २९१ पाठक संख्या

बैशाख २९ गोरखा । नयाँशक्ति पार्टीका केन्द्रीय परिषद् सदस्यसहित ४० कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नयाँशक्तिका पूर्व केन्द्रीय परिषद् सदस्य दिनेश तमुसहित जिल्ला पार्टी सदस्य सुमेन्द्र श्रेष्ठ, नरेश नराल, रवि राना, धनबहादुर तामाङ, सनक उपकोटीलगायतका नेता कार्यकर्ताले शनिबार पार्टी परिवर्तन गरेका हुन् ।

नेकपा गोरखा अध्यक्ष लेखबहादुर थापाका अनुसार जङ्ग गुरुङ, प्रकाश कुँवर, नारान पुलामी, नरेश बराम, लेसन तामाङ, अमर गुरुङ, राजकुमार गुरुङलगायतले पार्टी परिवर्तन गरेका हुन् ।

त्यस्तै जिल्लाको सिराचोक गाउँपालिकामा क्रियाशील नयाँशक्ति पार्टीका अशोक गुरुङ, बिकल गुरुङ, अनुप गुरुङ राजकुमार गुरुङ, साजन गुरुङ, विजय गुरुङ, मनिलाल गुरुङ र शिव गुरुङ, दीपक सुनार, सुमिन गुरुङ, सागर गुरुङलगायतका नेता एवं कार्यकर्ताहरु रहेका छन् ।
नवप्रवेशी नेता तथा कार्यकर्तालाई नेकपाका केन्द्रीय सदस्य कृष्ण धितालले स्वागत गरेका थिए ।

उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपालबीच एकीकरण भएको केहि दिनमै नयाँशक्ति पार्टीमा आबद्ध युवाले असन्तुष्टि जनाएर नेकपा प्रवेश गरेका छन् । देशको राजनीतिकक्रान्तिपछि आर्थिक सामाजिक क्रान्तिको नेतृत्व गर्नतिर जुट्नु पर्ने पार्टी कमजोर देखिएको गुनासो पार्टी परिवर्तन गर्नेहरुको छ ।
news24

प्रतिक्रिया दिनुहोस