आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आङ साङ सुकी काठमाडौंमा

AuthorAP Khabar२०७५ मंसिर १३, बिहिबार (५ साल अघि) ७५६ पाठक संख्या

काठमाडौं,मंसिर १३ :शुक्रबारदेखि काठमाडौंमा हुन लागेको एसिया प्यासिफिक समिट २०१८ मा सहभागी हुनको लागि म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकी काठमाडौं आउनुभएको छ ।

केहिबेर अघि मात्र त्रिभुवन विमानस्थलमा अवतरण गरेकी सुकिलाई उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले स्वागत गनुभएको थियो । त्यहाँ सुकीलाई नेपाली सेनाको टोलीले सम्मान गारत अर्पण गरेको थियो ।

कम्बोडियाका प्रधानमन्त्री हुन सेन पनि भर्खरै त्रिभुवन विमानस्थलमा उत्रिएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोखरेललगायतले स्वागत गरे ।

काठमाडौंको बौद्धस्थित ह्यात होटलमा शुक्रबारबाट चारदिनसम्म सम्मेलन आयोजना हुँदैछ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस