आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

डेढ महिना भित्र नर्सहरुको न्यूनतम पारिश्रमिक प्रत्याभूत गर्ने मन्त्री विष्टको प्रतिबद्धता

AuthorAP Khabar२०७६ बैशाख २९, आईतबार (४ साल अघि) ३०८ पाठक संख्या

बैशाख २९
काठमाडौं- नर्सहरुको न्यूनतम पारिश्रमिक प्रत्याभूत गर्ने गरी डेढ महिना भित्र श्रम अडिट कार्यान्वयनमा ल्याइने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रतिवद्धता जनाएका छन्।

अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री विष्टले सो प्रतिवद्धता व्यक्त गरेका हुन्।

कानुनमा व्यबस्था भए मुताविक सम्पूर्ण अस्पताल वा क्लिनिकमा कार्यरत नर्सहरुले न्यूनतम पारिश्रमिक पाएको वा नपाएको निरीक्षण गरी न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन आनाकानी गर्ने स्वास्थ्य संस्थाहरुलाई कारबाहीको दायरामा ल्याउने बताए।

उनले भने, ‘श्रमिकहरुलाई कम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउने तर बढी पारिश्रमिक लिएको कागजातमा हस्ताक्षर गर्न लगाएर देखाउने क्रम बढ्दै गइरहेको छ । यस्तो समस्या हुन नदिन रोजगार दाताहरुले सम्पूर्ण श्रमिकहरुको पारिश्रमिक बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने व्यबस्था अनिवार्य गर्नेछौँ।’

लाखौं रकम खर्च गरेर नर्सिङ पेशामा आबद्ध श्रमिकहरु ५ हजारमा काम गर्न बाध्य रहेको भन्दै नर्सहरुको सम्मान गरी मुस्कान सहितको सेवा सुविधा उपलब्ध गराउन सक्ने उपयुक्त वातावरण तय गरिने जनाए।
सभार स्वास्थ्य खबरपत्रिका

प्रतिक्रिया दिनुहोस