आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चेलीबेटीमा ‘सेल्फ डिफेन्स’ क्षमता हुनुपर्छः अभेनेत्री रेखा

AuthorAP Khabar२०७५ मंसिर १३, बिहिबार (५ साल अघि) ३६५ पाठक संख्या

काठमाडौं, मङ्सि १३: मुलूकमा न्यायको आभाष कम भएकोले चेलीबेटी ‘सेल्फ डिफेन्स’ हुनु जरुरी रहेको अभेनेत्री रेखा थापाले बताउनु भएको छ । देशका विभिन्न स्थानमा भएका हिंसा र बलात्कारका विरुद्ध राज्य संयमित नभएको उहाँको आरोप रहेको छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा हालसम्म पक्राउ नपर्नु राज्यको निरिहपन रहेको उहाँको भनाइ थियो ।

गौरमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले एउटी बालिकामाथि न्याय माग्दा राज्यका संयन्त्र स्थिर भएको बताउनुभयो । दुई तिहाई बहुमत रहेको सरकारका एजेन्डा सुशासन र समृद्धिका भएतापनि व्यवहारमा लागू नभएको उहाँले बताउनुभयो । ‘छोरीका निम्ति स्वर्णिम नेपाल महाअभियान’की अभियन्ता थापाले छोरीमाथि हुने विभिन्न खाले अपराधिक गतिविधिको प्रमुख कारण अशिक्षा एवं सेल्फ डिफेन्स नहुनु भएको दाबी गर्नुभयो ।

प्रदेश सरकारको बेटी बचाउ, बेटी पढाउ कार्यक्रमका लागि अभिनेत्री थापा रौतहट जानुभएको थियो । प्रदेश सरकारको कार्यक्रम अन्तर्गत रेखा फाउण्डेशनद्वारा रौतहटको परोहा नगरपालिकामा संकल्प सभा कार्यक्रम भएको हो ।

जनता समाचार

 

प्रतिक्रिया दिनुहोस