आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

धर्मेन्द्रले किन भने, ‘थाहा भएको भए सन्नी देओललाई चुनाव लड्न दिन्नथेँ’

AuthorAP Khabar२०७६ बैशाख ३०, सोमबार (४ साल अघि) ४५५ पाठक संख्या

बैशाख ३०

एजेन्सी
भारतको गुरदासपुरमा छोरा सनी देओलका लागि लोकसभा चुनावको अभियानमा पुगेका नायक धर्मेन्द्रको एक बयानलाई त्यहाँका स्थानीयले निकै रुची दिएर सुने । वास्तवमा धर्मेद्रका जेठो छोरो सन्नी देओल बिजेपीको टिकटमा पंजाबको गुरदासपुर लोकसभा सिटबाट चुनाव लडिरहेका छन् । उनीविरुद्ध कांग्रेसका उम्मेद्वार एवं बलराम जाखडका छोरा सुनिल जाखड उम्मेद्वार हुन् ।

धर्मेन्द्रले भने, ‘ गुरदासपुरमा हाम्रा साथी बलराम जाखडका छोरा सुनिल जाखड सनीका प्रतिद्वन्द्वी हुन् भन्ने यदि थाहा भएको भए सायद सनीलाई यहाँबाट चुनाव लड्न दिन्नथेँ ।’

न्यूज एजेन्सी एएनआईका अनुसार धर्मेन्द्रले भने, ‘सुनिल जाखड त मेरो छोराजस्तै हुन् । उनका पिता बलराम जाखडसँगको मेरो सम्बन्ध निकै गहिरो छ । उनी एक अनुभव राजनीतिज्ञ हुन् । ’

उनले भने, ‘हामी नेता होइन सेवक बनेर मानिसहरुको सेवा गर्न आएका छौं । हामी यहाँ भाषण दिन होइन मानिसहरुको पीडा बुझ्न आएका हौं ।’

प्रतिक्रिया दिनुहोस